जिल्ला प्रहरी कार्यालय पर्वतले तरुण दलका जिल्ला नेता राजेन्द्र हमालसहित चारजनालाई पक्राउ गरी जिल्ला अदालतमा बुझाएको छ । देउपुर ९ का राजेन्द्र हमालसहित, बाजुङ १ का भरतबहादुर पौडेल, तिलाहार ६ का अनिल किसान र क्याङका मिलन पुन जिसीलाई अदालतमा बुझाइएको प्रनाउ शेखर खनालले जानकारी दिए ।
पक्राउ पर्नेमा बाजुङ गाविस १ घर भई सार्वजानीक मुद्दा अन्र्तगत ५ हजार जरिवाना बाँकी रहेका भरतवहादुर पौडेल, देउपुर गाविस ९ घर भई सार्वजानीक मुद्दा अन्र्तगत ५ हजार जरिवाना बाँकी रहेका राजेन्द्र हमाल, क्याङ गाविस ९ घर भई सार्वजानीक मुद्दा अन्र्तगत १ हजार जरिवाना बाँकी रहेका मिलन पुन रहेका छन् । त्यसैगरी पक्राउ पर्नेमा तिलाहार गाविस ६ घर भई चोरी मुद्दा अन्र्तगत १ महिना १५ दिन कैद सजायँ र ५५ हजार ६ सय ७२ रुपैयाँ जरिवाना बाँकी रहेका अनिल किसान र तिलाहार गाविसकै ७ घर भई चोरी मुद्दा अन्र्तगत ३ बर्ष १० दिन कैद सजायँ बाँकी रहेका सन्तोष लामिछाने रहेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता प्रहरी निरिक्षक मधुकरजंग बिष्टले वताए ।

जिल्ला प्रहरी कार्यालय पर्वतमा भर्खरै मात्र आएका प्रहरी नायव उपरिक्षक शेखर खनालले आफ्नो पहिलो अभियान अन्र्तगत अदालतमा विशेषत कर्तव्य ज्यान, चोरी डकैती, भ्रष्टाचार, ठगी मुद्दाका फरार अभियुक्तहरुको खोजी गरिएको बताए । खनालले आफ्नो कार्यकालमा अदालतले गरेको फैसला कार्यान्वयनतर्फ जोड दिने प्रतिबद्धता जनाए । पर्वत जिल्ला लगायत अन्य विभिन्न जिल्लाबाट सजाय सुनाइएका पर्वतका ३ सय ३८ जना अभियुक्तले आफ्नो कैद र दण्ड जरिवाना फछ्र्यौट गरेका छैनन् ।