निवर्तमान डबल नेकपाको दाहाल-नेपाल समुहद्वारा संसद बैठक बहिष्कार
Spread the love

सर्बोच्च अदालतद्वारा पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो दिनको बैठक १० मिनेटका लागि स्थगित भएको छ।

नेपाली काँग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक सभामुख अग्निप्रसाद सापकोटाले १० मिनेटका लागि स्थगितगरेका हुन् ।
संसदमा सरकारले ल्याएका अध्यादेश पेश गर्न थालिएपछि काँग्रेसले त्यसलाई असंवैधानिक भएको ठहर गर्दै अघि बढ्न नसक्ने बताएको थियो । तर काँग्रेसको आग्रहका बीच सभामुख सापकोटाले संसद जबरजस्ती अघि बढाउन खोजिएपछि काँग्रेसले बैठक अवरुद्ध गरेको थियो ।

नेपाली कांग्रेसद्वारा संसदमा नाराबाजी
नेपाली कांग्रेसद्वारा संसदमा नाराबाजी

नेपाली कांग्रेसले संबैधानिक निकायसम्बन्धी बिधेयक संसदमा टेबुल भएकोमा बिरोध गरिरहदा त्यो भन्दा पहिल्यै निवर्तमान डबल नेकपाको दाहाल-नेपाल समुहले अध्यादेश लगायतका विषय बैठककाे कार्यसूची तय गरेपछि संसद बैठक बहिष्कार गरेको थियो।

यसअघि बैठकमा बोल्दै सांसद भीम रावलले कार्यसूचीबाट अध्यादेशलगायतका विषय हटाइनुपर्ने माग गरेका थिए । सभामुखले यसअघि नै कार्यसूची तय भइसकेको भन्दै सो विषय हटाउन नसकिने जवाफ दिएपछि दाहाल –नेपाल पक्षका सांसदले संसद बैठक बहिस्कार गरेको थियो ।

बैठकमा बोल्दै रावलले वर्तमान सरकार कुन पार्टीको हो भन्ने प्रश्न गरे । रावलले बैठक अन्य कार्यसूचीमा प्रवेश नगर्ने सहमति भएको भन्दै बैठकलाई श्रद्धाञ्जलीसम्बन्धी कार्यसूचीमा सीमित राख्नुपर्ने तर्क गरेका थिए ।

उनले सर्वोच्च अदालतबाट आइतबार नेकपा विवादसम्बन्धी रिटमा ऋषि कट्टेलको पक्षमा फैसला गरेको तर्फ संकेत गर्दै ‘वर्तमान सरकार नेपाल कम्युनिस्ट पार्टी नेकपा होइन भने अहिलेका प्रधानमन्त्री कुन पार्टीको ?’ भनेर प्रश्नसमेत गरे ।
उनले भने, ‘प्रधानमन्त्री कुन पार्टीको हुनुहुन्छ, त्यसपछिमात्र ती अध्यादेशका बारेमा अघि बढ्नुपर्छ ।’

 

 

अन्तिम पटक अध्यावधिक गरिएको 387 Viewed

प्रतिक्रिया दिनुहोस्