प्रचण्ड नेपाल पक्षको एताहरु संसद सचिबालयमा
Spread the love

सर्बोच्च अदालतले पुनर्स्थापित गरेको संसद बैठक बस्ने अन्तिम तयारी भैरहदा संसद सचिवालयले डबल नेकपाको पुश्पकला दाहाल-माधब नेपाल समुहको संसदीय दलको बैठकका निर्णयलाई दर्ता गर्न अस्वीकार गरेका छन्।

सो समुहको बैठकले नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको निर्णय गरेर त्यसको जानकारी संसद सचिबालायालाई दर्ता गर्न खोजेको थियो।  तर संसद सचिवालयका कर्मचारीले त्यस सूचनालाई दर्ता गर्न अस्वीकार गरेको सांसद अञ्जना विशंखेले जानकारी दिइन ।

संसद सचिवालयका कर्मचारीले आफ्नो सुचना दर्ता गर्न अस्वीकार गरेपछि सो समुहका नेताहरुले महासचिव गौतमलाई भेटेर जानकारी गराएका थिए।

महासचिव गौतमले निर्णय दर्ता गर्न नमानेको र कानुनी प्रक्रिया बुझेर मात्र गर्ने बताएको सांसद अञ्जना विशंखेले जानकारी दिइन । त्यसपछि दुवै पक्षबिच ठूलो स्वरमा चर्काचर्की परेको थियो।   नेताहरुले आफूहरु वैधानिक भएको भन्दै मान्यता दिनुपर्ने बताएका छन् ।

नेकपामा ओली पक्षले संसदीय दलको प्रमुख सचेत देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई चयन गरेको थियो । तर दाहाल नेपाल समुहले गुरुङ नै प्रमुख सचेतक रहेको भन्दै गुरुङलाई नै सचेतकको हैसियत दिन माग गरेका छन् ।

स्रोतका अनुसार निवेदन दर्ता नभई आफूहरू बाहिर ननिस्कने भनेर नेताहरुले दबाब दिए पनि महासचिव गौतमले भने परामर्श गरेर निकास दिने बताएका कारण प्रचण्ड माधव पक्षका नेताहरु आक्रोशित बनेका छन् ।

त्यसैगरी यो पक्षले केपी ओलीलाई दलको नेताबाट हटाएर प्रचण्डलाई दलको नेता चयन गरेको छ । सो कुराको जानकारी संसद सचिवालयमा दर्ता गर्नुपर्ने हुन्छ ।

 

 

 

 

 

अन्तिम पटक अध्यावधिक गरिएको 239 Viewed

प्रतिक्रिया दिनुहोस्