arrest
Spread the love

नेपाल प्रहरीमा खुल्ला तथा समाबेशी तर्फको प्रहरी जवान पदमा लिएको लिखित परीक्षामा परीक्षा दिईरहेका २२ जना नक्कली परीक्षार्थीलाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भएको परीक्षामा नागरिकताको प्रमाणपत्र र प्रवेश पत्रमा फोटो परिवर्तन तथा किर्ते हस्ताक्षर गरी नक्कली परीक्षार्थी बनेर परीक्षा दिनेहरुलाई पक्राउ गरी अनुसन्धान भइरहेको बताए ।

पक्राउ पर्नेमा कैलाली गाउँपालिका ३ का १८ वर्षीय अविनाश चौधरी, २० वर्षीय लेखराज चौधरी, २० वर्षीय विशाल चौधरी, दार्चुलाको मार्मा गाउँपालिका ३ का गोकुल धामी, २४ वर्षीय का दिनेश महरा, बझाङ मष्ठा गाउँपालिका ४ का १९ वर्षीय अजय कठायत, १८ वर्षीय बलराम कठायत, २० वर्षीय कमल कठायत, १८ वर्षीय प्रविन कठायत र बझाङ तल्कोट गाउँपालिका–३ का लोकराज जोशी रहेका छन् ।

यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका ४ का १८ वर्षीय विपिन चौधरी, सोही उपनगरपालिका ५ का लक्ष्मण चन्द, १८ वर्षीय सागरबहादुर देउपा, बझाङको तल्कोट गाउँपालिकाका २२ वर्षीय दिनेश खाती, १९ वर्षीय नवीन जोशी र कैलालीको टीकापुर नगरपालिका–२ का १८ वर्षीय सागर बोहरा पक्राउ परेका छन् ।

यस्तै बझाङ थलारा गाउँपालिकाका २० वर्षीय शिवराज नेपाली, दुर्गाथली गाउँपालिका ५ का २० वर्षीय कृष्ण कठायत, जनवासा गाउँपालिकाका १९ वर्षीय विक्रम बोहरा, वुनपा ७ का २२ वर्षीय विमल बोहरा र जनपका २० वर्षीय जीवन बोहरालाई प्रहरीले पक्राउ गरेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 268 Viewed

प्रतिक्रिया दिनुहोस्