
Spread the love
पोखरामा आज बिहान स्कुल बसले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने ठक्कर दिने बस भागेको छ।
प्रहरीका अनुसार, पोखरा ७ बुलौदीमा आइतबार बिहान नम्बर नखुलेको स्कूल बसले ग ५ प ८३६४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। सो ठक्करबाट स्कुटरका चालक धनकुटा सहिद भूमि गाउँपालिका घर भई हाल पोखरा ६ लेकसाइड बस्दै आएका ४७ बर्षिय जितबहादुर राईको मृत्यु भएको हो ।
स्कुटरलाई ठक्कर दिएपछि स्कुल बस भागेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए।