Spread the love

आफुहरुको प्रहरी, वकिल र अदालतसम्म सेटिङ रहेको दाबी गर्दै रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पोखरा-५ मालेपाटन निवासी ५८ वर्षीय सूर्यलाल खड्का र धादिङ जिल्ला गंगाजमुना गाउँपालिका-१ घर भई हाल पोखरा-२५ हेम्जा बस्दै आएका ३९ वर्षीय कमानबहादुर तामाङ रहेका छन्। उनीहरुलाई प्रहरीले यही १९ गते बुधबार साँझ पोखरा-१७ राष्ट्रबैंक चोकस्थित एक खाजाघरबाट पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता सुवास हमालका अनुसार, अभियुक्तहरुले जबरजस्ती करणी मुद्दाका एक अभियुक्तलाई “प्रहरी, वकिल र अदालतसँग हाम्रो सेटिङ राम्रो छ, एक करोड रुपैयाँ दिए मिलाईदिन्छु, नत्र १५ वर्ष जेलमा जानुपर्छ भन्दै धम्क्याएर १२ लाखको चेक र एक लाख १० हजार रुपैयाँ नगद लिई ठगी गरेका थिए।

उनीहरुको साथबाट कामना सेवा विकास बैंकका ६६ लाखका २ वटा चेक, विभिन्न बैंकको चेक तथा भौचरहरु, चार थान मोवाइल बरामद भएको जानकारी प्रहरीले दिएको छ ।

उनीहरु दुबैलाई ठगी, आपराधिक बिश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसूर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रवक्ता हमालले जानकारी दिए ।

अन्तिम पटक अध्यावधिक गरिएको 625 Viewed

प्रतिक्रिया दिनुहोस्