क. नेपाल, महासचिब, नेपाल कम्युनिष्ट पार्टी (नाओवादॆ)
Spread the love

बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेपाल कम्युनिष्ट पार्टीले रोल्पाको थवाङ्गमा भएको महाधिएशनबाट नाम परिवर्तन गरेर माओवाद परित्याग गरेको भन्दै गठन भएको नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले सरकार र बिद्रोही ने.क.पा. बिचको तीन बुंदे सहमतिलाई “आत्मसमर्पण” को संज्ञा दिएको छ। 

पार्टीका महासचिब नेपालले बुधबार राती एक प्रेस बिज्ञप्ति जारी गर्दै सरकार र बिद्रोही ने.क.पा. बिचको सहमतिलाई ‘आत्मसमर्पण” भनेका हुन्।  

उनले आफ्नो बिज्ञप्तिमा केही उग्रवादी महापत्तनको पथमा रहेका धोकेबाज क्रान्तिकारीहरुले जनतालाई आश्वासन दिएर गद्दार भनिएका वर्तमान गृहमंत्री रामबहादुर थापा कालो बादलको टाङ मुनि छिरेर लम्पसार पर्दै आत्मसमर्पण गरेको उल्लेख गरेका छन।

जनता र कार्यकर्तालाई सडकमा छाडेर आफू सत्तामा लिप्त हुने सपना देखेर जनतालाई धोखा दिइएको कुरा उल्लेख गर्दै सोही विज्ञप्तिमार्फत जनतालाई धोखा दिने गद्दारहरुलाई नेकपा माओवादीले परास्त गरी तिनको अन्त्येस्ती समेत गरिने दाबी गरिएको छ। 

जनताको पक्षमा शुरु भएको जनयुद्धलाई प्रचण्डदेखि बिप्लवसम्मकाले गद्दारी र धोखाधडी गरेको कुरा उल्लेख गर्दै जस्तोसुकै बलिदान गरेर भए पनि सहिदको सपना पुरा गरिने प्रतिबद्धता गरिएको छ।  साथै आम क्रान्तिकारी देशभक्त शक्तिलाई आफ्नो पार्टीले बोकेको क्रान्तिको झण्डामुनि एकाकार हुन् पनि आव्हान गरिएको छ।  

 

नेकपा माओवादी)का महासचिब नेपालद्वारा जारी बिज्ञप्ति
अन्तिम पटक अध्यावधिक गरिएको 1429 Viewed

प्रतिक्रिया दिनुहोस्