सरकारी वार्ता टोली र बिद्रोही वार्ता टोलीबीच तीन बुंदे सहमति
Spread the love

सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई लगाउँदै आएको प्रतिबन्ध  दुई वर्षपछी हटाएको छ।  सरकारले बिद्रोही ने.क.पा.लाई किन प्रतिबन्ध लगायो र किन खुल्ला गर्यो त्यो भने स्पस्ट हुन् बाँकी छ।  तर बुधबार राती बसेको मंत्री परिषद बैठकले त्यस पार्टीलाई लगाउदै आएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ।

संसद्वादी सबै दलहरु आफूविरुद्ध संघर्ष गरिरहेको र आफ्नो आयुको टुंगो नभएको अवस्थामा ओली सरकारले रातारात विद्रोही ने.क.पा.संग वार्ता गरेर सहमति गर्दै त्यस पार्टी माथि प्रतिउबन्ध फ्कुवा गरेको हो।  आफैले प्रतिगमन भनेको र अन्य राजनीतिक दलहरुले प्रतिगमनकारी भनेर संघर्ष गरिरहेको ओली सरकार के कसरी अग्रगमनकारी भयो र आफ्नो पार्टीले अघि सारेको एकीकृत जनक्रान्तिको कार्यदिशा अब कसरी अघि बढ्छ भनेर बिद्रोही ने.क.पा.का महासचिब नेत्र बिक्रम चन्द ;विप्लब;ले आज काठमाण्डौको रास्ट्रिय सभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओलीसनगै बसेर जनतालाई आस्वस्त पार्ने भएका छन्।  त्यसका लागि उनी रातारात काठमान्डौ पुगिसकेका छन्।

त्यस अघि रातारात वार्ता टोली गठन गरेर रातारात नै त्यस टोलीलाई दलाल राज्यसत्ता भनिएको सरकारको मुटु प्रधानमन्त्री को निजि निवास बालुवाटार पठाएर भित्रै बसी सम्झौता गरेर बाहिर बिद्रोही पक्षका वार्ता टोली सदस्यहरु बाहिरिएका थिए।  खरानी रंगको निजी कार चढेर बालुवाटार छिरेको विद्रोहीको वार्ता टोली सम्झौता भएपछी मात्र बाहिरिएको थियो।

सरकार र बिद्रोही ने.क.पा. बिचको सहमति
सरकार र बिद्रोही ने.क.पा. बिचको सहमति

सो वार्ता टोलीले सरकारी वार्ता टोलीसंग तीन बुंदे सहमति गरेको थिय्यो, जुन बुधबार रातीको मंत्री परिषद बैठकले स्वीकृत गरेको छ।

समझदारीपत्रमा सरकारी वार्ता टोलीका संयोजक एवं गृहमन्त्री रामबहादुर थापा र चन्द समूहकोतर्फबाट वार्ता टोली संयोजक एवं प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले हस्ताक्षर गरेका थिए।

सहमतिमा चन्द समूहका सम्पूर्ण गतिविधि शान्तिपूर्णरूपमा सञ्चालन हुने र सरकारका तर्फबाट उसका गतिविधिमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने जनाइएको थियो। सहमतिपछि जारी गरिएको विज्ञप्तिमा नेपाल सरकारबाट उक्त समूहमाथि लगाइएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ गर्ने र मुद्दा खारेजी गरिने उल्लेख छ।

सहमतिको विस्तृत विवरण शुक्रबार अपराह्न २ बजे विशेष समारोहबीच सार्वजनिक गरिने सहमतिपत्रमा उल्लेख छ। उक्त समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र चन्द समूहका तर्फबाट महासचिव चन्दले सम्बोधन गर्ने कार्यक्रम छ । शुक्रबार २ बजे एउटा कार्यक्रम आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव समूहका महासचिव ‘विप्लव’ले सहमतिको विस्तृत विवरण सार्वजनिक गर्ने कार्यक्रम छ।

सरकारीतर्फबाट वार्ता टोली सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराई र चन्द समूहका तर्फबाट दीपक चलाउने थिए।

यसैबीच नेत्र विक्रम चन्द विप्लव समूहका नेता तथा कार्यकर्तालाई छाड्न गृह मन्त्रालयले सर्कुलर जारी गरेको छ।

बिहीबार नेपाल सरकार र विप्लव समूहबीचको वार्तापछि पक्राउ परेका नेता तथा कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरेको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए। मन्त्रालयले प्रहरी प्रधान कार्यालय, नक्साल र सबै जिल्ला प्रशासन कार्यालयमा सर्कुलर पठाइएको उनले बताए।

प्रहरी प्रधान कार्यालयको पछिल्लो तथ्याङ्क अनुसार १२६ जना नेता–कार्यकर्ता जेलमा छन्। यही फागुन १७ गतेसम्म सो समूहका २ हजार ९८ जना पक्राउ परेका छन्। जसमध्ये १ हजार ८६४ जना मुद्दा दर्तापछि छुटेका छन् भने १२६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार १८ जनाको मुद्दा अनुसन्धानको क्रममा छ। एक जनाको मुद्दा दर्ताको क्रममा छ। सरकारले हिंसात्मक गतिविधि सञ्चालन गरेको जनाउँदै विसं २०७५ फागुन २८ गते उक्त समूहका गतिविधि सञ्चालनमा रोक लगाएको थियो।

यसैबीच प्रचण्ड नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सरकार र विप्लव माओवादी बीच भएको सहमतिको स्वागत गरेको छ। प्रवक्ता नारायण काजी श्रेष्ठले फेसबुकमा स्टाटस लेख्दै वार्ताद्वारा राजनीतिक समस्याको शान्तिपूर्ण समाधानको स्वागत गरेको बताए।

‘आज बिप्लव समूह र सरकारबीच भएको ३ बुँदे सहमति र उक्त सहमतिपत्र भोलि सार्वजनिक हुने कुरा बाहिर आएको छ। वार्ताद्वारा राजनीतिक समस्याको शान्तिपूर्ण समाधानको हामी सधै स्वागत गर्छौं’, श्रेष्ठले भनेका छन्, ‘उक्त पार्टीलाई अपराधी घोषणा र प्रतिबन्धको हामीले त्यतिखेरनै सार्वजनिक रुपमै विरोध गरेका थियौं।अहिलेको सहमतिमार्फत कम्तिमा त्यति कुरा भने सच्चिएको देखिन्छ। अरू कुरा वार्ता र सहमतिको राजनीतिक अन्तर्वस्तु खुलेपछि नै भन्न सकिनेछ।’

अन्तिम पटक अध्यावधिक गरिएको 181 Viewed

प्रतिक्रिया दिनुहोस्