भारतीय तस्कर गोविन्द सिंह
Spread the love

कञ्चनपुर बेलौरी नगरपालिका वडा नम्बर ७ स्थित नेपाल-भारतको सीमा क्षेत्र कालीपुल नजिक नेपाल प्रहरी र भारतीय तस्करको समूहबीच भिडन्त हुँदा एकजना भारतीय तस्करको मृत्यु भएको छ।

नक्कली मुद्रा छाप्ने मेसिन सहितका सामग्री नेपाल भित्र्याइरहेको भन्ने सूचनाको आधारमा चेकजाँच गर्न खटिएको नेपाल प्रहरीको टोली र भारतीय तस्करबीच बिहीबार साँझ गोली हानाहान हुँदा भारतको पिलिभित बस्ने ३२ वर्षीय गोविन्द सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए।

सादा पोशाकमा खटिएको नेपाल प्रहरीको टोलीले तस्करबाट नक्कली मुद्रा छाप्न प्रयोग गरिने मेसिन सहितको झोला नियन्त्रणमा लिने क्रममा भारतीय तस्करको समूहले गोली र धारिलो हतियार प्रहार गर्दा एकजना नेपाल प्रहरीका जवानसमेत घाइते भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमलकुमार खड्काले जानकारी दिए। मुठभेडका क्रममा प्रहरी जवान वीरबहादुर साउद घाइते भएका छन्। उनको दाैडने क्रममा खुट्टामा चाेट लागेको छ।

त्यसक्रममा जवाफी फाइरिङ गर्दा घाइते भएका भारतीय तस्कर गोविन्द सिंहको बेलौरीस्थित ईशान मेमोरियल अस्पतालमा पुर्याउँदा मृत्यु भएको हो। मृतकको शव श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीमा राखिएको छ। तस्कर समूहमा रहेका अन्य ३ जना फरार रहेको प्रहरीले जनाएको छ।

तस्कररुको समूहबाट बरामद गरेको झोलामा नक्कली मुद्रा छाप्ने मेसिन, सादा कागज, कागज काट्न प्रयोग हुने कटर, सलाई, सेलटेप, रुलर, पाउडर र लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पद्दार्थ समेत फेला परेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

प्रहरीको भनाई यस्तो छ

बिहिबार साँझ साढे ६ बजेकाे समयमा भारतीय तस्करले कञ्चनपुरकाे नेपाल-भारत सिमा नजिकै लागूअैाषध र नक्कली नाेट छाप्ने मेसिन लुकाएर वारी ल्याउँदै थिए।

उनीहरूकाे टाेली बेलौरी नगरपालिका वडा नम्बर ७ मा नेपाल-भारत सिमा नजिकै पुग्याे। तस्करकाे समूह ४ जनाको थियो।

नेपालकाे सिमानामा ईलाका प्रहरी कार्यालय र मातहतका ४ जना प्रहरी खटिएका थिए। तस्कले प्रहरी देखेपछि  बन्दुक निकाले र प्रहरीमाथि गाेली चलाए।

उनीहरूले  गाेली चलाएपछि प्रतिरक्षा स्वरुप प्रहरीले पनि गाेली चलाउन बाध्य भए। लगातार तस्कर र प्रहरीबीच ६ देखि ७ पटक लगभग ५ मिनेटसम्म फाइरिङ भयो।

यसै क्रममा तस्कर समूहका एक जना भारत पिलिपित ४ वुहानका अन्दाजी २५ वर्षिय गाेविन्द सिंहकाे मृत्युु भयाे।

उनलाई कति गाेली लागेकाे छ भन्नेबारे पाेष्टमाटम रिपोर्ट पछिमात्र थाहा हुन्छ। 

साेही भिडन्तमा प्रहरी जवान वीर बहादुर साउँद घाइते भएका छन्। उनकाे खुट्टामा दाैड्ने क्रममा चाेट लागेकाे छ।

उनलाई उपचारका लागि बेलौरी प्राथमिक अस्पतालमा राखिएको छ।

अन्य तीन जना तस्करहरू सँगैकाे साथीलाई गाेली लागेपछि भागेका छन्। उनीहरूले ल्याएकाे लागूऔषध र नक्कली नाेट छाप्ने मेसिन बरामद गरिएको छ। घटनाबारे हामी थप अनुसन्धान गर्दैछौं।

अन्तिम पटक अध्यावधिक गरिएको 431 Viewed

प्रतिक्रिया दिनुहोस्