
Spread the love
डोटीको जोरायल गाउँपालिकास्थित बुडर बजार नजिकै एक शिक्षक मृत भेटिएका छन्।
जिल्लाको जोरायल गाउँपालिका–२ बुडर बजार नजिकै जोगबुढा जाने सडकखण्डको करिब पांच मिटर तल सोही ठाउँका अन्दाजी २७ वर्षीय शिक्षक डम्बर भट्टराई मृत भेटिएको परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर मल्लले स्थानीय भूमिराज केदार आधारभुत विद्यालयका शिक्षक भट्टराई मृत अवस्थामा फेला परेको बताए।
शिक्षक भट्टराईको हत्या भएको आशंका आफन्तहरुले गरेको छन्। तर त्यस आबस्यक अनुसन्धान चलिरहेको जानकारी डिएसपी मल्लले दिएका छन् ।