रुपन्देहीको बेलहिया नाकामा भारतीय सीमा सुरक्षा बल एसएसबी बिरुद्ध नेपालीहरुको बेलहिया नाकामा प्रदर्शन
Spread the love

भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपालीमाथि ज्यादती गरेको भन्दै रूपन्देहीको नेपाल-भारत सीमानाका बेलहियावासीले बुधबार साँझ प्रदर्शन गरेका छन्।

किनबेचका लागि सिमापारि सुनौली गएकी बेलहियाकी देवी आलेलाई चेकजाँचको बहानामा भारतीय सीमा सुरक्षा बल एसएसबीले हातपात र दुर्व्यवहार गरेको भन्दै स्थानीयले रूपन्देहीको नेपाल-भारत सीमानाका बेलहियावासीले बुधबार साँझ प्रदर्शन गरेका छन्।

बुधबार साँझ साढे सात बजेदेखि सिमामा भारतीय एसएसबी विरूद्ध नाराबाजी र प्रदर्शन गरेका थिए। बेलहियाका सयौं स्थानीयको प्रदर्शनपछि नाकामा उच्च सुरक्षा सतर्कता अपनाउँदै दुवैतर्फका सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको थियो।  स्थानीयले भारतीय एसएसबी विरूद्ध नाराबाजी जारी राखेका छन्।

लकडाउनको समयमा बन्द गरिएका सिमानाका पछिल्ला तीन महिना यता खुला गरिए पनि भारतीय पक्षले नेपालीलाई भारत जान रोक लगाउँदै आएका छन्।

भारततर्फबाट नेपाल आउन नाका खुला गरिए पनि नेपालीलाई भारत जान रोक लगाएपछि दुई तीन सातादेखि स्थानीय विरोधमा उत्रिएका थिए। किनमेलको लागि भारत जाने नेपालीमाथि एसएसबीले सीमा पार गर्न रोक लगाउँदै आएको छ।

फागुनको पहिलो साता पनि बुटवलबाट किनमेलको लागि गएकी एक महिलालाई चेकजाँचको क्रममा एसएसबीका सुरक्षाकर्मीले अभद्र व्यवहार गर्दै तालिम प्राप्त कुकुर छोडिदिएका थिए । त्यसपछि हरेक दिनजसो स्थानीयले बेलहिया नाका नेपाल घुम्न आउने पर्यटकको महत्वपूर्ण पैदलमार्ग भएको भन्दै आवतजावत सहज पार्न माग गर्दै आएका छन्।

यसअघि २०७२ सालमा भारतले लगाएको नाकाबन्दीको समयमा पनि बेलहियावासी एकजुट भएर प्रदर्शनमा उत्रिए पछि नाका बन्द भएको थिएन।

 

अन्तिम पटक अध्यावधिक गरिएको 353 Viewed

प्रतिक्रिया दिनुहोस्