Spread the love

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत चार वटा संसदीय पार्टीहरुले यही फागुन २३ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता  गर्ने निर्णय गरेका छन।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठक भोलिपल्टै अन्त्य गर्ने जानकारी पाए पछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा दाहाल नेपाल समूह र जनता समाजवादी पार्टी, नेपालले संयुक्त रुपमा अविश्वासको प्रस्ताव दर्ता गर्ने सहमति गरेको उच्च स्रोतले जनाएको छ ।

सो सहमतिमा नयाँ प्रधानमन्त्रीमा भने कांग्रेस सभापति शेरबहादुर देउवाको नाम अघि सारिएको पनि स्रोतले दाबी गरेको छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भनेर छुट्टा छुट्टै आन्दोलनमा होमिएका प्रमुख तीन संसद् पूनःस्थापना भएपछि ओलीविरुद्ध शक्ति एकजुट भएर अघि बढ्नुपर्नेमा सहमत भएका हुन् । र, उनीहरुबीच सरकार बनाउने विषयमा समेत मोटामोटी सहमति भैसकेको स्रोतको दाबी छ ।

यसैबीच डबल  नेकपा दाहाल नेपाल समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपालले त यस अघि नै कांग्रेस सभापति देउवालाई भेटेरै मिलेर सरकार बनाउनेबारे प्रस्ताव गरेका थिए । उनीहरुले आफूहरु प्रधानमन्त्री नबन्ने भन्दै सरकारको नेतृत्व गर्नसमेत देउवालाई आग्रह गरेका थिए । नेकपामा दाहाल नेपाल समूहसँग ९० जना सांसद रहेको भनिएको छ ।

डबल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त संसद् पूनःस्थापना नहुँदै सरकारको नेतृत्वमा आफ्नो कुनै दाबी नहुने भन्दै देउवालाई बनाउँदा आपत्ति नहुने बताएका थिए । आजको केन्द्रीय कमिटी बैठकमा समेत दाहालले परिस्थिति आफूहरुअनुकुल नै रहेको बताउँदै ढुक्क हुन नेताहरुलाई आश्वासन दिएका थिए ।

जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पनि भारतबाट उपचारपछि स्वदेश फर्किएलगत्तै राजनीतिक सहमतिका आधारमा सरकार बनाउनुपर्ने धारणा राखेका थिए । नेताहरुको पछिल्लो भनाई नियाँल्दाखेरि परिस्थिति प्रधानमन्त्री ओलीको प्रतिकुल देखिएको छ ।

हुन त ओलीले पोखरा र झापामा हालै आयोजित छुट्टाछुट्टै कार्यक्रममा सम्बोधनको क्रममा आफूलाई हटाउने भए संसदमा आउन चूनौीत दिएका छन् । तर, सबै मिलेर हटाए केही वर्ष प्रतिपक्षमा बस्ने र फेरि चुनावमा दुई तिहाई जितेर सरकारमा आउने बताईसकेका छन् । पछिल्लो समय ओलीले परिस्थिति आफ्नो अनुकुल नदेखेपछि अहिले सबै मिलेर हटाएपनि चुनाव जितेर दुई तिहाईका साथ सरकारको नेतृत्व गर्न आउने अभिव्यक्ति दिन थालेका छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 884 Viewed

प्रतिक्रिया दिनुहोस्