बा २ ख ६५९८ यात्रुबाहक बस दुर्घटना
Spread the love
काठमाडौंबाट दोलखाको च्यामा जाँदै गरेको बस दुर्घटनाग्रस्त हुँदा तीन जना गम्भीर घाइते भएका छन्।
दोलखाको च्यामा जाँदै गरेको बा २ ख ६५९८ यात्रुबाहक बस दोलखाको तामाकोसी गाउँपालिका वडा नम्बर -५ शहरे पौवा डाँडामा दुर्घटनाग्रस्त भएको बताइएको छ। बस सठकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको प्राप्त समाचारमा जनाइएको छ।
सो दुर्घटनामा परेर गम्भीर घाइते भएका तीन जनालाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। सोही दुर्घटनामा सामान्य घाइते भएका घाइतेहरूको धुलिखेल अस्पताल किर्नेटारमा उपचार भैरहेको बताइएको छ।
बसमा करिब १८ देखि २० जना सवार थिए। घाइतेहरूको धुलिखेल अस्पताल किर्नेटारमा उपचार र गम्भीर घाइतेलाई काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। बस सठकबाट करिब २० मिटर तल खसेको छ।
अन्तिम पटक अध्यावधिक गरिएको 266 Viewed

प्रतिक्रिया दिनुहोस्