सप्तरी जिल्ला जनसरकार प्रमुख रामनाथ मण्डल,, सदस्य उदयनाथ मण्डल , रामकृष्ण मण्डल
Spread the love

बिद्रोही ने.क.पा.द्वारा गठित सप्तरी जिल्ला जनसरकार प्रमुखसहित तीन जनालाई प्रहरीले गएराती पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरी खडक नगरपालिका-३ निवासी जनसरकार प्रमुख रामनाथ मण्डल, जिल्ला पार्टी सदस्यद्वय राजविराज नगरपालिका-४ उदयनाथ मण्डल र विष्णुपुर गाउँपालिका-१ का रामकृष्ण मण्डल रहेको प्रहरीले जानाकारी दिएको छ।

उनीहरूलाई शुक्रबार राति १० बजे सप्तरीका विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) भुवनेश्वरप्रसाद साहले जानकारी दिए ।

प्रहरीले उनीहरुविरुद्ध बिभिन्न व्यवसायी, कार्यालय प्रमुख तथा जनप्रतिनिधिलाई धाकधम्की दिँदै चन्दा मागेको अभियोग लगाएको बताइएको छ।  उनीहरूको साथबाट चन्दा माग गर्दा धाकधम्की दिन प्रयोग गरिएको सिमसहितको मोबाइल, आर्थिक सहयोग बारेको पत्र, जनविद्रोह लेखिएको कितावलगायत बरामद भएको डिएसपी साहले बताए। उनीहरूलाई हिरासतमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

अन्तिम पटक अध्यावधिक गरिएको 438 Viewed

प्रतिक्रिया दिनुहोस्