रुसी कुटनीतिज्ञहरुको समूह हातले ठेल्ने ट्रली चढेर उत्तर कोरियाबाट बाहिरिए
Spread the love

रुसी कुटनीतिज्ञहरुको एक समूह हातले ठेल्ने ट्रली चढेर उत्तर कोरियाबाट बाहिरिएको समाचारहरु संचार माध्यमहरुले प्रशारण गरेका छन्।

। उत्तर कोरियाले कोरोना महामारीका कारण कडा प्रतिबन्ध लगाएलगत्तै रुसी कूटनीतिज्ञहरुको समूहले उत्तर कोरिया छोडेको समाचार  संचार माध्यमहरुले प्रशारण गरेका छन्। उनीहरु हातले ठेल्ने ट्रलीमा चढेर उत्तर कोरियाबाट बाहिरिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

रुसी कुटनीतिज्ञहरुले उक्त ट्रलीलाई एक किलोमिटरसम्म (रुसी सीमानासम्म) रेलको ट्रयाकमा धकेलेका थिए । आठ जनाको उक्त समूहले यसअघि रुसको सीमाना नजिक पुग्न रेल र बसबाट यात्रा गरेका थिए । उत्तर कोरियाले कोरोना संक्रमणलाई रोक्न यात्रामाथि प्रतिबन्ध लगाएको छ ।

सम्भावित संक्रमणलाई रोक्न अतिरिक्त सुरक्षा बललाई सीमनामा तैनाथ गरिएको छ । रुसी विदेश मन्त्रालयले फेसबुकमा पोष्ट गर्दै विगत एक वर्षदेखि सीमामा ओहोरदोहोर गर्न प्रतिबन्ध लगाइएकाले यात्रा कठिन भएको जानकारी दिएको छ । मन्त्रालयले भनेको छः ‘आवागमनमा प्रतिबन्ध लगाइएकोले यात्रा लामो र गाह्रो भएको छ ।’ विदेश मन्त्रालयले ट्रलीसहितको फोटो शेयर गरेको छ ।

मन्त्रालयले दूतावासका सेक्रेटरी भ्लादिस्लाव सारोकिनलाई पुलमा ट्रली तानिरहेको देख्न सकिने जनाएको छ । यो पुल तामेल नदीमा पर्दछ । सो समूहमा तीन वर्षीया बालिका पनि छिन् । रुसी सीमानासम्म आइपुग्न उक्त समूहलाई उत्तरकोरियाको राजधानी प्योङयाङबाट रेलयात्रामा ३२ घण्टा र बसमा २ घण्टा यात्रा गर्नुपरेको थियो ।

गत वर्ष धेरै देशहरुले उत्तर कोरियामा रहेका आफ्ना दूतावासहरु बन्द गरेका छन् भने धेरै विदेशी कुटनीतिज्ञहरु त्यहाँबाट बाहिरिएका छन् । गत वर्ष मार्चमा जर्मनी, रसिया, फ्रान्स, स्वीजरल्यान्ड, पोल्याण्ड, रोमानिया, मंगोलिया र इजिप्टका कूटनीतज्ञहरुले उत्तरकोरिया छाडेका थिए ।

अन्तिम पटक अध्यावधिक गरिएको 519 Viewed

प्रतिक्रिया दिनुहोस्