
Spread the love
सरकारले प्रतिनिधिसभाको अधिवेशन आगामी फागुनम् २३ गतेआह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै संसद अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो ।
फागुन ११ गते सर्वोच्च अदालतले संसद विघटन गर्ने सरकारको निर्णय बदर गर्दै १३ दिनभित्र संसद अधिवेशन बोलाउन परामादेश जारी गरेको थियो । अब मन्त्रिपरिषदको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक रुपमा अधिवेशन आहृवान गर्नेछिन् ।