पुर्व प्रम एबम कांग्रेस सभापति शेरबहादुर देउबा, नेपालका लागि भारतीय राजदुत बिनय मोहन क्वात्रा र चिनियाँ राजदुत होउ यांग्छी
Spread the love

प्रतिनिधिसभा पुनर्स्थापना भएपछी नेपालमा नयाँ सरकार गठनको चर्चा शुरु भएको छ।  नयाँ सरकार गठन गर्न नेपाली राजनीतिक दलहरुबीच घनिभूत तरीकाले छलफल गरिनुपर्नेमा बिदेशी कुटनीतिक नियोगका कुटनीतिज्ञहरु सक्रिय हुन् थालेका छन्।

यसैक्रममा सत्तारुढ नेकपा विभाजित भएपछी सरकार गठनमा निर्णायक मत रहेको भनिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई सरकार गठन गर्न विभाजित सत्तारुढ नेकपाका दुवै समुहले आव्हान गरिरहेका छन्।  एकातिर सात्तरुढ नेकपाका दुवै समुहले नयाँ सरकारको नेतृत्व गर्न प्रस्ताब आएका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एबम पुर्व प्रधानमन्त्री शेरबहादुर देउबालाई कुटनीतिक मर्यादा विपरीत विभिन्न राजदुतहरुले भेट गरिरहेका छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेपालका लागि चिनियाँ र भारतीय राजदूतले भेटेका हुन्। स्रोतका अनुसार बिहीबार अपरान्ह फरक-फरक समयमा चिनियाँ राजदूत होउ यान्छी र भारतीय राजदूत विनयमोहन क्वात्राले भेटवार्ता गरेका हुन्। देउवा निवास बुढानिलकण्ठ पुगेर उनीहरूले भेटवार्ता गरे पनि के कुराकानी भयो भन्नेबारे खुलेको छैन।

देउवा निवासमा बिहीबार पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक थियो। उक्त बैठक सकिएलगत्तै राजदूतहरूले फरक-फरक समयमा देउवालाई भेटेर कुराकानी गरेका छन्। प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि राजनीतिको केन्द्रमा फेरि देउवा आइपुगेका छन्। नेकपाका दुबै पक्षले देउवासँग भावी सत्ता समिकरणमा सहयोग मागेका छन्।

प्रचण्ड-नेपाल समूहका दुबै जना अध्यक्षले बुधबार बुढानिलकण्ठमा पुगेरै देउवासँग मिलेर जाने प्रस्ताव गरेका थिए। नेपालमा सरकार परिवर्तन हुन लागेका बेला दुई छिमेकी मुलुकका दूतहरूले देउवालाई भेट्नु अर्थपूर्ण छ।

उत्तरी छिमेकी चीनले प्रतिनिधि सभा विघटन र पुनर्स्थापनामा औपचारिक प्रतिक्रिया नदिएको भए पनि भारतले भने दुबै घटनापछि यो नेपालको आन्तरिक मामिला भएको जनाएको छ।

अन्तिम पटक अध्यावधिक गरिएको 216 Viewed

प्रतिक्रिया दिनुहोस्