जीप दुर्घटना
Spread the love

म्याग्दी सदरमुकाम बेनीबाट पोखरातर्फ आउदै गरेको एक जीप पर्वत जिल्लाको मोदी गाउँपालिका–५ अम्बोटस्थित पोखरा–बागलुङ सडकखण्डमा दुर्घटनाग्रस्त हुँदा तीन यात्री घाइते भएका छन्।

पोखरा आउदै गरेको ग३च १०९ नंको जीप दुर्घटनामा परी दुर्घटनामा परी म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका ६५ वर्षीय भीमबहादुर पुन, सोही स्थानका ३० वर्षीय विशाल गर्बुजा र ३० वर्षीय ताराबहादुर गर्बुजा घाइते भएको प्रहरीले जानकारी दिएको छ।

जीपमा चार जना सवार रहेकामा एक सकुशल रहेको र घाइतेको उपचारका लागि पोखरा लगिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 72 Viewed

प्रतिक्रिया दिनुहोस्