
सर्बोच्च अदालतको आदेश लत्याउदै नेता धर्मेन्द्र बास्तोलालाई अदालत गेटबाटै गिरफ्तार गरिए पछि अब यसको चौतर्फी बिरोध भैरहेको छ। त्यति मात्र हैन, सरकार र बिद्रोही ने.क.पा.बोच हुने भनिएको वार्ता के हुने हो भनेर सबैतिर आशंका पैदा भैरहेको छ। सामाजिक संजालमा बिद्रोही ने.क.पा.का नेता तथा कार्यकर्ताहरुले सरकारी रबैयाको चर्को बिरोध मात्र गरिरहेका छैनन्, यस्तो अवस्थामा सरकारसंग वार्ता गर्नुको अर्थ नै नरहेको टिप्पणी गरिरहेका छन्।
यसैबीच कैलालीबाट गिरफ्तार भएर धनागढ़ी कारागारमा बन्दी जीवन बिताई रहेका बिद्रोही ने.क.पा.का नेता ओमप्रकाश पुनले पनि सामाजिक संजालमार्फत नेता बास्तोलालाई बलजफ्ती गरिएको गिरफ्तारीप्रति चर्को आक्रोश पोखेका छन्। उनले आफ्नो फेसबुक स्टाटसमा ” एकातिर वार्ताको हल्ला पिट्ने र अर्को तिर गैरकानुनी रूपमा नेता कार्यकर्ताको गिरफ्तारी गर्ने सरकारको रबैयाले सरकारको इमान्दारिता माथि ठूलो प्रश्न उठेको” उल्लेख गरेका छन्।
वार्ताको तयारी भैरहदा बिद्रोही पार्टीका शिर्षस्थ नेतालाई अदालतको आदेह समेतको प्रबाह नगरी गिरफ्तार गरिनुलाई ‘सामान्य घटना”का रुपमा लिन नहुने आफ्नो धारणा राख्दै नेता पुनले यसलाई पार्टीले गम्भीरतापूर्वक लिनुपर्ने तर्क अघि सारेका छन्। उनले केपी ओली सरकारसँग वार्ता हैन कि युद्धको घोषणा गर्नु पर्ने परिस्थीती सिर्जना हुन सक्ने चेतावाने पनि दिएका छन्।
उनले वर्तमान सरकारको सामाजिकल फासीवादी र प्रतिगामी कदमका बिरुद्ध अन्य राजनितिक शक्तिसँग सहकार्य र संयुक्त मोर्चा बनाउँदै अघि बढ्नु पर्ने आबश्यकता औंल्याएका छन् ।