Spread the love

दुई जना युवकले मादक पदार्थ सेवन (मापसे) गरेर कुटपिट गर्दा पोखरामा एक व्यक्ति गम्भिर घाइते भएका छन् । युवकहरुको कुटाइबाट कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ८ कुटुम निवासी ५६ वर्षीय गोरे नेपाली गम्भिर घाइते भएका हुन् । उनको पोखरास्थित पनिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गोरेलाई आक्रमण गरी गम्भिर घाइते बनाएको आरोपमा अन्नपूर्ण ८ का २४ वर्षीय हरि नेपाली र २८ वर्षीय रवि नेपालीलाई पक्राउ गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए । कुटपिटमा सम्लग्न दुबै युवालाई नियन्त्रणमा लिएर घटनाको बारेमा अनुसन्धान गरिरहेको उनले बताए ।

 

अन्तिम पटक अध्यावधिक गरिएको 759 Viewed

प्रतिक्रिया दिनुहोस्