Spread the love

नेत्रविक्रम चन्द नेतृत्वको ने.क.पा.का नेता धर्मेन्द्र बास्तोलालाई प्रहरीले सर्बोच्च अदालतको आदेश विपरीत फेरी अदालतको गेटबाटै पुन: पक्राउ गरेको छ ।

न्यायाधीशद्वय मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै बास्तोलालाई थुनामा राख्न न्यायिक दृष्टिकोणबाट उचित नदेखिएको भन्दै गैरकानूनी थुनाबाट मुक्त गर्न आदेश दिएको थियो ।

रिहा भएलगत्तै बास्तोलालाई सर्वोच्चको गेटबाट प्रहरीले बलपूर्वक पक्राउ गरेको छ ।

सोही मुद्दामा “फेरि पक्राउ गरिए प्रहरीलाई नै कारवाही गर्ने”सर्वोच्च अदालतको चेतावनीका बाबजुद  प्रहरीले सर्वोच्च अदालत परिसरबाटै नेता बास्तोलालाई पुनः पक्राउ गरेको हो ।

बाँस्तोलाका तर्फबाट अनिमा बाँस्तोला भण्डारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दिएकी थिइन् । सो रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय खड्का र माथेमाको इजालसले बाँस्तोलालाई थुनामा राख्न न्यायिक दृष्टिकोणबाट उचित नदेखिएको ठहर गर्दै थुनामुक्त गर्न आदेश दिएको हो ।

नेता धर्मेन्द्र बास्तोलालाई फेरी पक्राउ नगर्न सर्बोच्चको आदेश
नेता धर्मेन्द्र बास्तोलालाई फेरी पक्राउ नगर्न सर्बोच्चको आदेश
नेता धर्मेन्द्र बास्तोलालाई फेरी पक्राउ नगर्न सर्बोच्चको आदेश

अब पनि सोही विषयमा बाँस्तोलालाई पक्राउ गरे प्रहरीलाई नै कारबाही गरिने आदेशमा उल्लेख छ । ‘निवेदकलाई विनाआधार कारण थुनामा राखेकोमा अघि पनि बन्दीप्रत्यक्षीकरणको आदेश जारी भएकोमा निज मुक्त नभई हालसम्म थुनामा रहेको देखिन्छ । अब पनि सोही विषयमा पक्राउ गरिएमा विपक्षीलाई नेपालको संविधानको धारा १२८(४) तथा न्यास प्रशासन ऐन २०७३ को दफा १७ बमोजिम कारबाही हुने व्यहोराको जनाउ विपक्षीहरूलाई दिनू,’ आदेशमा भनिएको छ ।

सर्बोच्च अदालत परिसरमा संचारकर्मीसंग कुरा गर्दै नेता धर्मेन्द्र बास्तोला
सर्बोच्च अदालत परिसरमा संचारकर्मीसंग कुरा गर्दै नेता धर्मेन्द्र बास्तोला

पुन: पक्राउ हुनु पुर्व बिद्रोही ने.क.पा.का नेता धर्मेन्द्र बास्तोलाले सरकारले इमान्दारीपूर्वक प्रयास गरे आफूहरु वार्ताका लागि तयार रहेको बताएका थिए । तर वार्तामा बस्नुपूर्व सरकारले आफ्नो पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्नुका साथै बन्दी नेता कार्यकर्तालाई रिहा गर्नुपर्ने उनले बताए ।

ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पुष २७ गते पक्राउ परेका वास्तोलालाई सोमबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो ।

सर्बोच्च अदालत परिसरमा संचारकर्मीसंग कुरा गर्दै नेता धर्मेन्द्र बास्तोला
सर्बोच्च अदालत परिसरमा संचारकर्मीसंग कुरा गर्दै नेता धर्मेन्द्र बास्तोला

 

अन्तिम पटक अध्यावधिक गरिएको 208 Viewed

प्रतिक्रिया दिनुहोस्