प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग प्रधानसेनापति पूर्णचन्द्र थापाको भेट
Spread the love

प्रधानसेनापति पूर्णचन्द्र थापा सोमबार दिउँसो सर्वोच्च अदालत पुगेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट गरेका छन् ।

प्रधानसेनापति थापाले अपरान्ह १ बजे सर्वोच्च अदालत पुगेर प्रधान न्यायाध्सिः राणा सामू झन्डै करिब एक घण्टा बिताएका थिए । तर त्यस भेटमा के बिषयमा कुराकानी भयो भन्ने बारेमा कुनै तथ्य सार्वजनिक गरिएको छैन।

यसैबीच समाचारस्रोतले दिएको जानकारी अनुसार,  सर्वोच्च अदालतको निर्माण हुन लागेको भवन सेनाको जग्गामा पर्ने भएकाले त्यसबारे कुरा गर्न प्रधानन्यायाधीशले प्रधानसेनापतिलाई बोलाएका हुन्। समाचारस्रोत भन्छ, “‘सर्वोच्च अदालतको भवन निर्माण हुँदै छ सर्वोच्च पछाडि, त्यो सेनाको क्याभलरी भएको जग्गा हो।  सरकारी जग्गा भए पनि हस्तान्तरण र प्राप्तिको एउटा प्रक्रिया हुन्छ ।” त्यही प्रक्रियाका बारे छलफल भएको समाचारस्रोतले जनाएको छ।

 

अन्तिम पटक अध्यावधिक गरिएको 239 Viewed

प्रतिक्रिया दिनुहोस्