मोहन बैद्य
Spread the love

नेपालमा संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवाद र जनगणतन्त्र स्थापना गर्न नेपालको राजनीतिक इतिहासमा पहिलो पटक चार क्रान्तिकारी पार्टीहरुले रणनीतिक संयुक्त मोर्चाको घोषणा गरेका छन् । त्यस रणनीतिक संयुक्त मोर्चामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य ‘किरण’ नेतृत्व रहेको ने.क.पा.(क्रान्तिकारी–माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी आबद्ध रहेका छन्।

चार पार्टीले बिहीबार घोषणा गरेको रणनैतिक मोर्चाले संसदीय व्यवस्थाको अन्त्य गरी जनगणतन्त्र स्थापन गर्ने लक्ष्य लिएको छ।

मोर्चाले तत्कालका देश एवम् जनताका समस्या समाधान गर्न राष्ट्रियता, जनतन्त्र र जनजिविकाका मुद्दाहरूरमा निरन्तर जनपरिचालन र संघर्ष गर्नेसमेत घोषणा गरेको छ।

रणनैतिक संयुक्त मोर्चा निमार्ण गर्ने पूर्वसहमतिलाई व्यवहारिक रूप दिन उनीहरुले रणनैतिक संयुक्त मोर्चाको अवधारणा र संरचना सम्बन्धी दस्ताबेज पारित गर्दै १५ सदस्यीय रणनैतिक संयुक्त मोर्चाको केन्द्रीय समिति गठन गरेका छन्। समितिमा सिपी गजुरेल, ऋषिराम कट्टेल, जागृत रायमाझी, धनकुमारी सुनार लगायत १२ जनाको नाम सार्वजनिक गरिएको छ ।

मोर्चाले पहिलो चरणको संघर्षका कार्यक्रमहरु तय समेत गरेको छ । जस अनुसार फागुन ६ गते बुटवलमा, १४ मा धनगढी र १८ मा इटहरीमा जनसभा गर्ने र पहिलो चरणका कार्यक्रमपछि दोस्रो चरणका संघर्षका कार्यक्रम सार्वजनिक गर्ने मोर्चाले विज्ञप्तिमार्फत् जनाएको छ।

गुणराज लोहनी, ऋषि कट्टेल, आहुति

त्यस घोषणा सभामा नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले देशमा जनताको शासन स्थापना गर्न गणतन्त्रवादी र लोकतन्त्रवादी फेरि एकताबद्ध हुनुपर्ने बताए ।

क्रान्तिकारी कम्युनिष्ट घटक पुनः एक ठाउँमा आउनुपर्ने आवश्यकता औँल्याउँदै उनले जनगणतन्त्र र समाजवाद स्थापना अझै बाँकी रहेको उल्लेख गरे । स्वाधिनताको रक्षा र जनताको हकका लागि लड्न संयुक्त मोर्चाको आवश्यकता रहेको र त्यसैको प्रयास भइरहेको वैद्यले स्पष्ट पारे ।

क्रान्तिकारी माओवादीका महासचिब बैद्यले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माथि लगाइएको प्रतिबन्ध हटाउन र त्यस पार्टीका नेता कार्यकर्तालाई तत्काल रिहा गर्न सरकारसँग जोडदार माग गरे ।

अन्तिम पटक अध्यावधिक गरिएको 282 Viewed

प्रतिक्रिया दिनुहोस्