क. नेपाल, महासचिब, नेपाल कम्युनिष्ट पार्टी (नाओवादॆ)
Spread the love

नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्यनिष्ट पार्टीले गरेको थवाङ्ग महाधिबेशन प्रति असहमति जनाउदै क. नेपालको नेतृत्वमा गठित नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को केन्द्रीय समिति भंग भएको छ।

पार्टीको केन्द्रीय समिति भंग भएको जानकारी महासचिब नेपालले आइतबार राती एक प्रेस बिज्ञप्ति जारी गरेर दिएका हुन्। उनले पार्टीको केन्द्रीय समिति भंग हुनुको कारण त बिज्ञप्तिमा स्पस्ट भनेका छैनन्। तर पार्टीभित्रको आन्तरिक कारण केन्द्रीय समिति भंग गरिएको आफ्नो बिज्ञप्तिमा उल्लेख गरेका छन्। पार्टीको केन्द्रीय समिति भंग भएपछी अब पार्टीका भाइचारा संगठनहरु सक्रिय हुने बिज्ञप्तिमा उल्लेख गरिएको छ।

सोही बिग्य्पतिका अनुसार, पार्टीका तीन जना केन्द्रीय सदस्यहरुलाई पार्टीको साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट निष्काशन गरिएको छ। तर को को तीन जना केन्द्रीय सदस्यलाई पार्टीबाट निष्काशन गरिएको भन्ने बारेमा बिज्ञप्तिमा जानकारी दिइएकोन छैन। तर उनीहरुलाई कारबाही गर्नु पर्नाकाकारण भने स्पस्ट गरिएको छ। प्रहरीको हिरासतमा रहंदा पार्टीको हित विपरीतका सुचना दिएको, आत्मसमर्पण गरेको र मनपरी तरीकाले चन्दा असुली गर्ने कार्यमा संलग्न रहेको देखिएकाले उनीहरुलाई पार्टीले निष्काशन गरेको उक्त बिज्ञप्तिमा उल्लेख गरिएको छ।

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले थवाङ्ग महाधिबेशनबाट पार्टीको नाम परिवार्तान गरी नेपाल कम्युनिष्ट पार्टी राखेपछि त्यस महाधिबेशानाप्रति असहमति जनाउदै क. नेपालको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (माओबादी)लाई निरन्तरता दिइएको थियो। त्यस पार्टीका महासचिब नेपालले बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले माओवाद परित्याग गरेको र बिगतको दश वर्षीय जनयुद्धको अपनत्व लिने कुनै पनि पार्टी नरहेको अवस्थामा आफुहरुले पार्टीलाई निरन्तरता दिएको दाबी गर्ने गरेका छन्। उनले आफुहरुले जनयुद्धलाई निरन्तरता दिने रयारी गरिरहेको जिकिर गर्दै त्यसको तयारीमा लागिपरेको बिभिन्न संचार माध्यमहरुलाई दिएको अन्तर्वार्तामा उल्लेख गरेका छन्।

क. नेपाल, महासचिब, नेपाल कम्युनिष्ट पार्टी (नाओवादॆ)
क. नेपाल,नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नाओवादॆ)द्वारा जारी बिज्ञप्ति
अन्तिम पटक अध्यावधिक गरिएको 1020 Viewed

प्रतिक्रिया दिनुहोस्