Spread the love

आश तमु पोखरा – पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले आज पोखरा लगाएत देशभर वर्षा एव हिमपात भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको तीन दिनको पूर्वानुमानमा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरु तथा प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान गरिएको थियो ।

हिजो बेलुका सम्म मौसम सफानै रहेपनी आज बिहान देखी नै एक्कासी मौसम परिवर्तन भएर बर्षा भएको हो ।

लामो समयदेखी हिउदेँ बर्षा नभएकोले आज भएको बर्षाले जनजीबन प्रभावित नै बनेपनी किसानहरु भने खुसी छन ।

यस्तै देशका उच्च पहाडी र हिमाली भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ । यो क्रम शनिबारसम्म नै कायम रहने छ।

अन्तिम पटक अध्यावधिक गरिएको 75 Viewed

प्रतिक्रिया दिनुहोस्