बिद्यार्थी नेता विनायक तिमिल्सिना पक्राउ
Spread the love

डबल नेकपाको दाहाल-नेपाल समुहले आयोजना गरेको आमहड्तालका क्रममा आज बिहान चारवटा ट्याक्सी तोडफोड गरिएको छ भने एक जना बिद्यार्थी नेता पक्राउ परेका छन्।

डबल नेकपाको दाहाल-नेपाल समुहका कास्की जिल्ला संयोजक होम नेपालीले दिएको जानकारी अनुसार, आमहड्तालको अवज्ञा गर्ने चार वटा ट्याक्सीहरु तोडफोड गरिएको छ भने अनेरास्ववियुका बिधार्थी नेता बिनायक तिमिल्सीनालाई प्रहरीले पोखराको महेन्द्रपुलबाट पक्राउ गरेको हो ।

आमहड्तालको अवज्ञा गरेको भन्दै एक मोटरसाईकललाई रोक्ने लाग्दा प्रहरीले बिद्यार्थी नेता तिमिल्सीनालाई पक्राउ गरेको हो। सोही ठाउँमा बन्दका सहभागीले केही सवारी साधन माथी तोडफोड समेत गरेका छन । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ ।

आज आयोजना गरिएको आमहड्तालका कारण शैक्षिक संस्था, उद्योग ब्यबसाय, कल कारखाना तथा लामो दुरीका सवारी साधन खुलेका छैनन्। तर पोखराको बजारमा बाक्लो मात्रामा मोटरसाइकल चलिरहेका छन।

बिद्यार्थी नेता विनायक तिमिल्सिना पक्राउ
बिद्यार्थी नेता विनायक तिमिल्सिना पक्राउ
अन्तिम पटक अध्यावधिक गरिएको 729 Viewed

प्रतिक्रिया दिनुहोस्