
गायिका अञ्जु पन्तले एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका इलामका थिर कोइरालासँग बिहेको तयारी गरेकी छिन् । दुवैको परिवारमा बिहेको कुराकानी भइरहेपनि मिति भने तय भएको छैन ।
गायिका अन्जु पन्त र थिर कोइरालाबीच बिबाह हुने भन्ने बारे सामाजिक संजाल र बिभिन्न संचार माध्यममा समाचारहरु आइरहदा गायिका अन्जुका हालका प्रेमी थिरले तत्काल बिबाह गर्ने योजना नभएको बताएका छन्। उनले तत्काल बिबाह गर्ने योजना नभएको अवस्थामा विभिन्न संचार माध्यमहरुमा आएका समाचारहरुले छिट्टै बिबाह गर्न दबाब परेको प्रतिक्रिया दिए। उनले अगाडि भने–‘तुरुन्त बिहे गरिहाल्ने भन्ने योजना थिएन । अर्को वर्षतिर गर्ने कि भन्ने सल्लाह हुँदै थियो । तर बजारमा हल्ला भएपछि दबाब भने भएको छ ।’
थिर र अञ्जु दुवै क्रिश्चियन धर्ममा आस्था राख्छन् । थिरसँगको एक अन्तर्वार्ताको क्रममा अञ्जुको भेट भएको थियो । यसपछि भने उनीहरु नजिक भएका थिए । थिरले अञ्जुको आवाजमा समावेश केही गीतमा शब्द समेत कोरेका छन् । अञ्जुका अधिकांश तस्वीर थिरले सेयर गरेको देखिन्छ ।
अञ्जुकी छोरी परितोशिका पन्तले केही समयदेखि मिडियामा आमाले बिहे गर्नुपर्ने बताउँदै आएकी थिइन्। अञ्जुले पनि छोरीको दबाबका कारण बिहे गर्ने विषयमा सोचिरहेको बताएकी थिइन्। एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग अञ्जुले डिभोर्स गरेकी थिइन् ।