
Spread the love
पहिलो वाईवाई नेपाल स्टार गायन प्रतियोगिताको उपाधी पोखरेली चेली एलिना गुरुङले जितेकी छन् । नेपाल टेलिभिजनमार्फत प्रशारित सिङ्गिङ रियालिटी ‘शो’ नेपाल स्टारको उपाधि पोखराकी एलिना गुरुङले जितेकी हुन् । उपाधिसँगै उनले ३५ लाख नगद पुरस्कार पनि पाएकी छन् ।

‘शो’को फाइनलमा स्थान बनाएका अन्य तीन प्रतिस्पर्धी लक्ष्मण लिम्बु, सुरेश लामा र सन्देश लामाले जनही ५ लाख रुपैयाँ पाएका छन् । विजेताले त्यसमा थप ३० लाख रुपैयाँ पाएसँगै शो विजेताले कुल ३५ लाख रुपैयाँ नगद पाएका हुन् ।
‘शो’को विजेता बनेसँगै एलिनाले १ करोड रुपैयाँ बराबरको इन्सुरेन्स पोलिसी पनि पाएकी छन् । अन्य तीनउपविजेताले पनि ५० लाख रुपैयाँ बराबरको पोलिसी पाएका छन् ।