Spread the love

नागरिक समाजले प्रधानमन्त्री निवास बालुवाटार अगाडिबाट तेश्रो जनआन्दोलन घोषणा गरेकै दिन संसद विघटनविरुद्ध सडक आन्दोलन गरिरहेको डबल नेकपाको पुष्पकमल दाहाल-नेपाल समुहले पनि तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

पार्टी प्रबक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।

घोषित कार्यक्रमअनुसार १३ गते काठमाडौंमा सिट्टी जुलुस हुनेछ भने १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना दिइनेछ । धर्नामा संविधानसभा सदस्य, संघीय सांसदका सदस्य र प्रदेशसभा समेत सहभागी हुनेछन् ।

यस्तै १५ गते बुटवल, १६ गते बिराटनगर र १७ गते धनगढीमा सभा गर्ने र शीर्ष नेताहरुले सम्बोधन गर्ने संघर्ष समितिले जनाएको छ । २२ गते काठमाडौंमा युवा ¥याली, २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा वृहत विरोध प्रदर्शन गरिने संघर्ष समितिका सहसंयोजक पम्फा भुसालले जानकारी दिइन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 89 Viewed

प्रतिक्रिया दिनुहोस्