क्रिषण पहाडी गिरफ़र
Spread the love

प्रतिनिधिसभा विघटनविरुद्ध मानव अधिकार तथा शान्ति समाजले काठमाडौमा गरेको नागरिक मार्चमा प्रहरीले हस्तक्षेप गरेको छ। प्रधानमन्त्री निवास बालुवाटार अगाडि गरिएको मार्चमा प्रहरीले धरपकड गरेको छ। प्रदर्शनका क्रममा मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित दुई दर्जन बढी अधिकारकर्मी पक्राउ परेका छन् । अहिले उनीहरुलाई नेपाल पुलिस क्लबमा राखिएको छ।

बृहत नागरिक आन्दोलनको आहृवानमा कमलपोखरी बचाउ अभियानका अभियान्ताहरुबाट माटोको टीका लगाएपछि मार्च सुरु भएको थियो ।

बृहत नागरिक आन्दोलनका नारायण बाग्लेले प्रहरीले शान्तिपूर्ण आन्दोलनमा दमन गरेको बताए । उनले भने, ‘शान्तिपूर्ण रुपमा धर्ना दिन गइरहेको थियौं । हामीमाथि जुन बर्बर दमन भयो, अब तेस्रो जनआन्दोलन सुरु भयो ।’

प्रधानमन्त्री ओलीले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेको, अदालतलाई प्रभाव पार्न खोजिएको, राज्य संयन्त्रको दुरुपयोग गरेको र आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै समाजले सोमबार बालुवाटार अगाडि प्रदर्शन गरेको हो ।

पुस ५ गते प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ।

अन्तिम पटक अध्यावधिक गरिएको 311 Viewed

प्रतिक्रिया दिनुहोस्