Spread the love

संगै बसेका दिदीबहिनीमध्ये एकलाई सामुहिक वलात्कार गरेको र अर्कोको नग्न फोटो खिचेको आरोपमा प्रहरीले एक जना ट्राफिक प्रहरी जवानसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले संगै बसेका दिदीबहिनीमध्ये एकलाई सामुहिक वलात्कार गरेको र अर्कोको नग्न फोटो खिचेको आरोपमा ट्राफिक प्रहरी जवान विशाल शर्मा र सोही ठाउँका गुरुचरण चौधरीलाई पक्राउ गरेको हो। उनेहरु दुवै जना कपिलवस्तुको बाणगंगा नगरपालिकाका बासिन्दा हुन्।

उनीहरुबिरुद्ध गत कात्तिक २३ गते कञ्चन गाउँपालिका ४ भैसाहीमा दुई दिदिबहिनि मध्ये एकलाई सामुहिक बलात्कार गरेको र अर्कोको नग्न फोटो खिचेर सार्वजनिक गरेको आरोप प्रहरीले लगाएको जिल्ला प्रहरी प्रमुख एसपी प्रविन पोखरेलले जानकारी दिए।

उक्त घट्नामा चारजना विरुद्ध जाहेरी परेको र त्यस मध्ये दुई जनालाई पक्राउ गरिएको एसपी पोखरेलले पुष्टि गर्दै आबश्यक अनुसन्धान जारी रहेको बताए।

अन्तिम पटक अध्यावधिक गरिएको 716 Viewed

प्रतिक्रिया दिनुहोस्