Spread the love

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको नेपाल बन्दको प्रभाव पर्यटकीय नगरी पोखरा न्यून देखिएको छ।

अघिपछिको बन्दमा बजार क्षेत्रमा बाक्लो मात्रामा प्रहरी परिचालित हुन्थे। तर यस पटकको बन्दमा न त् पोखराका चोक-चोकमा सुरक्षाकर्मी देखिए, न बन्दकर्ता नै। पोखराका बजारमा मोटरसाइकलहरु निर्बाध रुपमा उल्लेख्य मात्रामा चलिरहेका छन्। पोखरामा नगरबसहरु नचलेपनि ट्याक्सी भने चलिरहेका छन।

शनिबार बिदाको दिन आयोजित नेपाल बन्दका कारण उद्योग कलकारखाना चलेका छैनन् भने शनिबार पोखरा उद्योग बाणिज्य संघले बजार बन्द गर्ने भए पनि अघिपछि खुल्ने दोकान पसलहरु भने खुलिरहेका छन्।

अन्तिम पटक अध्यावधिक गरिएको 23 Viewed

प्रतिक्रिया दिनुहोस्