Spread the love

संविधानले अल्पसंख्यक मानेको तेश्रो लिंगीको समुहलाई प्रहरीले काठमाडौंको नयाँ बसपार्कबाट पर्कारु गरेर कुटपिट गरेर झुट्ठा मुद्दा लगाएको तथ्य सार्वजनिक भएको छ।

पक्राउ गर्न खोज्दा प्रहरीमाथि हातपात गरेको भन्दै अभद्र ब्यबहार मुद्दा लगाइएका गोंगबुको नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरिएका १३ जना पारलैङ्गिकहरूलाई कुटपिट गर्दै पक्राउ गरिएको भिडियो सार्वजनिक गरिएको छ।

मा पारलैङ्गिक व्यक्तिहरूमाथि प्रहरीले कुटपिट गरेको छ । गोंगबुको नयाँ बसपार्क क्षेत्रमा रहेका पारलैङ्गिकहरूको समूहमाथि प्रहरीले कुटपिट गरेको भिडियो सार्वजनिक भएको हो ।

इन्स्टाग्राममा सार्वजनिक भएको भिडियोमा प्रहरीले उनीहरूलाई पक्राउ गरिसकेपछि पनि कुटपिट गरिरहेको देखिन्छ । भिडियोमा उनीहरूले गुहार मागिरहेको सुनिन्छ ।

बिहीबार राति गोंगबुबाट प्रहरीले १३ जना पारलैङ्गिकहरूलाई पक्राउ समेत गरेको थियो । नयाँ बसपार्कबाट पक्राउ गरिएका १३ जना र पछि महाराजगञ्जबाट पक्राउ गरिएका ३ गरी १६ जनालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्ज, बालाजु, गौशाला र सोह्रखुट्टेमा राखिएको छ । उनीहरूलाई अभद्र व्यवहार सम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको महाराजगञ्ज प्रहरी वृत्तका डिएसपी रोशन खड्काले जानकारी दिए ।

प्रहरीले भने अवैध गतिविधिमा संलग्न हुने गरेको जनगुनासोका आधारमा १३ जना पारलैङ्गिकहरूलाई पक्राउ गर्दा प्रहरीमाथि नै जाइलागेको आरोप लगाएको छ । डिएसपी खड्काले उनीहरू प्रहरीमाथि जाइलागेको आरोप लगाएका छन् । प्रहरी प्रभाग नयाँबसपार्कले सोधपुछको लागि प्रहरी प्रभागमा ल्याउँदा उनीहरूले प्रहरी र प्रहरी कार्यालयमा आक्रमण गर्न थालेपछि पक्राउ गरिएकाहरूलाई विभिन्न वृत्तमा लगिएको प्रहरीले जनाएको छ । झण्डै २५ जनाको समूह आएर प्रहरी कार्यालयमा तोडफोड गर्न लागेपछि भिडलाई तितरबितर पारेर थप ३ जनालाई पक्राउ गरिएको डिएसपी खड्काले जानकारी दिए ।

अन्तिम पटक अध्यावधिक गरिएको 407 Viewed

प्रतिक्रिया दिनुहोस्