बिप्लव र प्रकाण्ड
Spread the love

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज नेपाल बन्दको आव्हान गरेको छ। पछिल्लो पटक पार्टीका सचिबालय सदस्य एबम विदेश बिभाग प्रमुख धर्मेन्द्र बास्तोला ‘कन्चन’ लगायत चार नेता तथा कार्यकर्तालाई ललितपुरको बागमती गाउपालिकाबाट गिरफ्तार गरिएको बिरोधमा बिद्रोही ने.क.पा.ले आज देशव्यापी आम हडतालको आयोजना गरेको हो।

बिद्रोही ने.क.पा.ले आयोजना गरेको नेपाल बन्दकाकारण पोखर्र्मा बिहानैदेखि सवारी साधनहरु चलेका छैनन्।

नेपाल बन्दको पूर्वसन्ध्यामा बिद्रोही ने.क.पा. र उसका भात्री संगठनहरुले शुक्रबार साँझ देशभर मशाल जुलुश प्रदर्शन गरे भने उनीहरुले विभिन्न सञ्चार माध्यमहरु , बिज्ञप्ति एबम सामाजिक संजाल मार्फत नेपाल बन्द सफल पार्न सहयोग गर्न उद्योगी व्यवसायी, यातायात व्यसायी, नागरिक समाज, पत्रकार, प्राध्यापक, वकिल, शिक्षक, युवा, विद्यार्थी, पत्रकार सबैलाई आव्हान गरेका छन्।

त्यसो त २०७५ साल फागुन २८ गते सरकारले बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई लगाए यता पार्टीका सचिबालय सदस्यद्वय हेमन्त प्रकाश ओली , धर्मेन्द्र बास्तोला ,केन्द्रीय सदस्यहरु अनिल शर्मा , भरत बम , ओमप्रकाश पुन , विरजङ्ग , माईला लामा लगायत सयौं नेता-कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेर जेल तथा हिरासतमा राखिरहेको छ भने प्रहरी हिरासतमा रहंदा आफुहरुलाई झुट्ठा मुद्दा लगाएर मानसिक तथा शारिर्रिक यातना दिने गरेको पिडित नेता तथा कार्यकर्ताहरुले बेला बेलामा आफन्त, कानुन ब्यबसायी एबम मानब अधिकार कर्मीहरुसंग गुनासो गरिरहेका छन्।

अन्तिम पटक अध्यावधिक गरिएको 233 Viewed

प्रतिक्रिया दिनुहोस्