सुमन श्रेष्ठ्
Spread the love

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी को विद्यार्थी संगठन अखिल(क्रान्तिकारी) चितवन जिल्ला समितिका सह-संयोजक तथा भरतपुर महानगर पालिका संयोजक सुमन श्रेष्ठ्लाई प्रहरीले गिरफ्तार गरेको छ।

नेता श्रेष्ठलाई करिब साढे पाँच बजे तिर संगठनको कामको शिलशिलामा रहेको बखत भरतपुर १० स्थित सप्तगण्डकि बहुमुखि क्याम्पस चोकबाट प्रहरीले गिरफ्तार गरेको हो।

गत पुस २९ गते बुधबार ललितपुरको बाग्मति गाउँपालिकाबाट विद्रोही नेकपाका केन्द्रिय सचिवालय सदस्य सहित ३ जना नेताकार्यकर्तालाई प्रहरीले पक्राउ गरे पछि नेकपाले आन्दोलनको कार्यक्रमहरू गर्दै आईरहेको छ। त्यसै अनुसार आज मशाल जुलुशको तयारिमा रहेका विद्यार्थी नेता श्रेष्ठलाई प्रहरिले पक्राउ गरेको हो।

आफ्ना नेता कार्यकर्ताको गिरफ्तारीका विरुद्ध विद्रोही नेकपाले भोलि शनिबार नेपाल बन्दको घोषणा गरेको छ।

अन्तिम पटक अध्यावधिक गरिएको 235 Viewed

प्रतिक्रिया दिनुहोस्