हमलाला जीप दुर्घटना
Spread the love

पोखराको हेमजाबाट पोखराबजारतर्फ आउँदै गरेको बा २ च ७४१० नम्बरको जीप पोखरा–बाग्लुङ राजमार्गको याम्दीमा शनिबार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

सो दुर्घटनामा परेर पोखरा महानगरपालिका–१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। प्रहरीका अनुसार, दुर्घटनामा परी घाइते भएका प्रकाशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र चित्रको मणिपाल शिक्षणअस्पतालमा उपचारका क्रममा निधन भएको थियो । त्यस्तै त्यस दुर्घटनामा परेर घाइते भएका बाँकी सात जनाको सहारा अस्पतालमा उपचार भैरहेको प्राप्त समाचारमा जनाइएको छ।

पोखरा आउदै गरेको सो जीप अनियन्त्रित भएर सडकबाट अन्दाजी २५ मिटर तल खसेको बबताइएको छ। फाइल फोटो

अन्तिम पटक अध्यावधिक गरिएको 67 Viewed

प्रतिक्रिया दिनुहोस्