धर्मेन्द्र बास्तोला
Spread the love

मंसीर मसान्तको दिन ललितपुर र मकवानपुर जिल्लाको सीमामा पर्ने बागमती नगरपालिकाबाट गिरफ्तार गरिएका बिद्रोही ने.क.पा.का सचिवालय सदस्य एबम पश्चिम केन्द्रीय कमाण्ड इन्चार्ज धर्मेन्द्र बसोलाबिरुद्ध प्रहरीले नख्खुस्थित एनसेलको केन्द्रीय कार्यालयमा बम बिष्फोट गराएको आरोप लगाएको छ।

शुक्रबार ललितपुर जिल्ला अदालतसमक्ष पेश गरिएका उनी सहित पक्राउ परेका तीन जनालाई नै म्याद थप गरिएको हो। उनीहरुविरुद्ध नख्खुमा रहेको एनसेल कार्यालयअघि बम विष्फोट गराएको आरोप लगाइएको छ । एनसेल अघि भएको विष्फोटमा एक जना सर्वसाधारणको ज्यान गएको थियो । त्यसबाहेक उनलाई चन्दा आतंक, राज्यद्रोहको मुद्दा समेत चलाउने तयारी रहेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरले म्याद थप पछि थप अनुसन्धान हुने जानकारी दिएकोछ ।

अन्तिम पटक अध्यावधिक गरिएको 263 Viewed

प्रतिक्रिया दिनुहोस्