Spread the love

बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पार्टीको केन्द्रीय सचिवालयका सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायतका तीन जना नेता-कार्यकर्ता गिरफ्तारीबिरुद्ध सो पार्टीले नेपाल बन्द लगायतका संघर्षका कार्यक्रमहरु घोषणा गरेको भने महासचिब बिप्लवले सरकारद्वारा संचालित गिरफ्तारी तथा दमनका विरुद्ध पूर्ण तागत र सचेतताका साथ सङ्घर्षमा अगाडि बढ्न सम्पूर्ण पार्टी पङ्क्ति र श्रमिक जनतालाई निर्देशन दिएका छन् ।

महासचिव बिप्लवले बुधबार साँझ एक प्रेस बिज्ञप्ति जारी गर्दै संघर्षका कार्यकर्म घोषणा गर्नुका साथै सम्पूर्ण पार्टी पंक्तिलाई त्यस्तो निर्देशन दिएका हुन्।

महासचिव विप्लवले क्रान्तिकारी पार्टी, नेता–कार्यकर्तामाथिको दमन बन्द गर्न, गिरफ्तारीमा परेका नेता–कार्यकर्तालाई मुक्त गर्न साथै एकीकृत जनक्रान्तिलाई राजनीतिक विषयका रूपमा आत्मसात गर्न पनि विज्ञप्तिमार्फत सरकारसंग आग्रह गरेका छन् । उनले राज्यको फासिस्ट दमनले न्यायपूर्ण सङ्घर्ष कहिल्यै नरोकिने, बरु त्यसले एकपछि अर्को उचाइ पकड्दै गएर एक दिन दमनकारी राज्य र यसका सञ्चालक नै समाप्त हुने चेतावनी पनि दिएका छन् । ।’

महासचिवको वक्तव्यमा अगाडि भनिएको छ, ‘जनताको अधिकारको हनन, भ्रष्टाचार, दलाली, कमिसनखोरी, तस्करी, राष्ट्रघातका विरुद्ध सङ्घर्ष गरिरहेको पार्टीका नेता–कार्यकर्तालाई खोजी–खोजी गिरफ्तार गर्नु, हिरासतमा निर्मम यातना दिनु, जेल हाल्नु, लाखौँ धरौटी तोक्नु कुनै पनि राजनीतिक व्यवस्थाको सामान्य मान्यतालाई समेत धज्जी उडाउनु हो । यो निरङ्कुश, तानाशाही एवम् फासिस्ट प्रवृत्ति हो । यसखालको दमनका विरुद्ध आवाज उठाउन सबै राजनीतिक पार्टी, बुद्धिजीवी र आमनागरिकहरूलाई हामी विशेष अपिल गर्दछौँ ।

बिद्रोही ने.क.पा.ले घोषणा गरेको संघर्षका कार्यक्रम अनुसार, माघ ३ गते देश व्यापी विरोध जुलुस, ५ गते विरोधसभा, ७ गते विरोध प्रदर्शन, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको कार्यक्रम रहेका छन्।

प्रहरीले पुष २९ गते दिउसो ३ बजे बिद्रोही ने.क.पा.का पश्चिम केन्द्रीय कमाण्ड इन्छार्ज तथा विदेश बिभाग प्रमुख समेत रहेका बास्तोला, ब्युरो सदस्य बिबेक कुमाल ‘बिबेक’ र रोजन रखाल ‘बिशाल’लाई गिरफ्तार गरेको थियो। उनीहरु गिरफ्तारीमा परे पनि पार्टी प्रबक्ता खड्गबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’, उपत्यका ब्युरो इन्चार्ज चिरन पुन र अखिल (क्रान्तिकारी)का महासचिब प्रेमबहादुर शाही घेरा तोडेर भागेको बताइएको छ। प्रहरीले बिद्यार्थी नेता शाही र पार्टी ब्युरो सदस्य कुमालको मोबाइल नम्बर ट्रेस गरेर उनीहरुको लोकेशन पत्ता लगाएको समाचारस्रोतले जानकारी दिएको छ। उनीहरुलाई अहिले महानगरीय अपराध महाशाखा ललितपुरको हिरासतमा राखिएको प्राप्त समाचारमा जनाइएको छ।

सरकारले समूहमाथि दमन गरेको बताउँदै विज्ञप्तिमा भनिएको छ, ‘जनताको अधिकारको हनन, भ्रष्टाचार, दलाली, कमिसनखोरी, तस्करी, राष्ट्रघातका विरुद्ध सङ्घर्ष गरिरहेको पार्टीका नेता–कार्यकर्तालाई खोजी–खोजी गिरफ्तार गर्नु, हिरासतमा निर्मम यातना दिनु, जेल हाल्नु, लाखौँ धरौटी तोक्नु कुनै पनि राजनीतिक व्यवस्थाको सामान्य मान्यतालाई समेत धज्जी उडाउनु हो ।’

प्रहरीको विशेष ब्युरोले बिहीबार ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट कञ्चनसहित नेता विवेक कुमाल र रोजन रखाललाई पक्राउ गरेको थियो । उनीहरुलाई ललितपुर प्रहरीको हिरासतमा राखिएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 385 Viewed

प्रतिक्रिया दिनुहोस्