आन्तरिक राजस्व कार्यालय बालाजुका कम्प्युटर अपरेटर राजन शर्मा घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङगालबाट खटिएको टोलीले शर्मालाई सेवाग्राहीसग ४३ हजार घुस लिएको आरोपमा कार्यालय परिसरबाट मंगलबार पक्रउ गरेको छ ।
आयोगले कर तिर्न सहजिकरण गरिदिए बापत रकम लेनदेन क्रममा शर्मासंगै टिमुर किचन रेष्टुरेन्टका संचालक सन्तोष थापा मगरलाई पनि नियन्त्रणमा लिएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 81 Viewed

प्रतिक्रिया दिनुहोस्