धर्मेन्द्र बास्तोला

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिबालय सदस्य एबम पश्चिम केन्द्रीय कमाण्ड प्रमुख धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् । उनी समूहको सचिवालय सदस्य एवं विदेश विभाग प्रमुखसमेत हुन् ।

बिद्रोही ने.क.पा.को दोस्रो बरियताका नेता मानिने बास्तोलालाई मकवानपुरको बागमती गाउँपालिकाबाट पक्राउ गरिएको एक उच्च प्रहरी अधिकारीले पुष्टि गरेका छन् । बाँस्तोलासँगै बिद्रोही ने.क.पा.का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ निकट नेता विवेक कुमाल पनि पक्राउ परेका छन् ।

उनी मकवानपुरबाट काठमाडौं उपत्यका प्रवेश गर्न लागेको सूचनाका आधारमा खोजीमा गएको महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले अर्का एक सहयोगीसहित पक्राउ गरेको छ । बास्तोलाको साथबाट महत्वपूर्ण दस्तावेज बरामद् भए पनि हतियार बरामदबारे प्रहरीले खुलाएको छैन ।

महानगरीय प्रहरी परिसर ललितपुर प्रमुख एसएसपी किरण बज्राचार्जले विप्लव समूहमाथि प्रहरीले अपरेसन चलाइरहेको र केही पक्राउ परेको बताइन्। परिसरबाट ठूलो समूहमा त्यस क्षेत्रमा प्रहरी खटिएको छ। त्यहाँ भएको अन्य गतिविधिबारे विस्तृत विवरण आउन बाँकी छ।

यता बिद्रोही ने.क.पा. समाचार स्रोतका अनुसार, नेता बास्तोलासहित प्रकाश शाही ,विवेक कुमाल र विश्वाशलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

समरण रहोस, बिद्रोही ने.क.पा.का अर्का सचिवालय सदस्य हेमन्तप्रकाश ओली सुदर्शनसहित केन्द्रीय सदस्यहरू अनिल शर्मा विरही, भरत बम ‘रणवीर’, चूडामणि ओली ‘आदर्श’, ओमप्रकाश पुन, माइला लामालगायत सयौँ नेता–कार्यकर्ता अहिले पनि जेल र प्रहरे हिरासतमा बन्दी जीवन बिताइरहेका छन्।

अन्तिम पटक अध्यावधिक गरिएको 375 Viewed

प्रतिक्रिया दिनुहोस्