
ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत प्रहरी हबल्दार शान्ति भण्डारीलाई घुस रकम सहित पक्राउ गरेको छ ।
प्रहरी हवल्दार भण्डारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले १० हजार रुपियाँ घुस रकम सहित पक्राउ गरेको हो।
उनले ईलाका प्रहरी कार्यालय बेलचौताराले पक्राउ गरेका एक जना अभियुक्तलाई छुटाई दिने प्रलोभन देखाएर रकम माग गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ। । सो बारेमा थप अनुसन्धान भइरहेको आयोगले जानकारी दिएको छ ।