नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो नेतृत्वको पार्टीलाई निर्वाचन आयोगले आधिकारिकता र चुनाब चिन्ह सुर्य नदिए देशमा आँधीबेहरी ल्याउने चेतावनी दिएका छन्।

दाहाल-नेपाल समुहको पोखरामा आयोजित बृहत कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष दाहालले त्यस्तो चेतावनी दिएका हुन्। मिर्वाचन आयोगका पदाधिकारीसंगको भेटमा आफुहरुलाई निर्वाचन आयोगले पार्टीको आधिकारिकता र चुनाव चिन्ह सुर्य दिनेमा आफुहरु बिस्वस्त रहेको बताउदै उनले अघि भने, \”तपाईंहरु ढुक्क हुनुस, हामीलाई विश्वास पैदा भएको छ कि निर्वाचन आयोगले पार्टीको आधिकारिकता र चुनाव चिन्ह सुर्य हामीलाई दिनेछ। यदि दिएन भने हामी देशभर आँधीबेहरीको ज्वारभाटा पैदा गर्नेछौं।

अध्यक्ष दाहालले सर्बोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापित गर्ने कुरामा विश्वास व्यक्त गर्दै त्यसका लागि जनताको अदालतको दबाब आबस्यक रहेको बताए। जनदबाब सिर्जना गर्न आफ्ना नेता तथा कार्यकर्ताहरुलाई सडकमा उत्रन आव्हान गर्दै बिगतमा निरङ्कुश राजतन्त्रबिरुद्ध लड्दा गिरिजाप्रसाद कोइरालाहरुले कुटाई खाए जस्तै गरी आफुहरु पनि टाउको फुटाउन तयार रहेको स्पस्ट पारे। उनले आफुहरु , अर्का अध्यक्ष माधब नेपाल, बरिष्ठ नेता झलनाथ खनाल र पार्टी प्रबक्ता नारायण काजि श्रेष्ठ टाउको फ़ुटाउन तयार रहेको बताए।

प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा उभिएकोमा चार जना पुर्व प्रधान न्यायाधिशहरुलाई सलाम गर्दै दाहालले

पार्टीका अर्का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले बाटो बिराएको टिप्पणी गर्दै ओलीको हठले देशलाई अस्थिरतातर्फ उन्मुख गराएको आरोप लगाए। उनले ओलीलाई गल्ती नस्वीकारे भलो नहुने चेतावनीसमेत दिए ।

सम्बाेधनकाे सुरूदेखि अाेलिप्रति अाक्राेशित भएका नेपालले उनलाइ कम्युनिष्ट भन्नै नमिल्ने तर्क गरे । ३ वर्षमै पार्टीलाइ छिन्नभिन्न र निष्क्रिय बनाएकाे भन्दै कसैकाे कुरा नसुन्ने र बहस नगर्ने बानीप्रति नेपालले कडा अालाेचना गरे ।

अन्तिम पटक अध्यावधिक गरिएको 190 Viewed

प्रतिक्रिया दिनुहोस्