
Spread the love
झापाको दमकस्थित भुटानी शरणार्थी शिविरमा सोमबार बेलुका करिब साढे ७ बजेआगलागी हुँदा एक व्यक्तिको मृत्यु भएको छ । दमक–३ स्थित शिविरमा आगलागी हुँदा ६० वर्षीय देशमान राईको जलेर मृत्यु भएको हो ।
प्यारालाइसिसका बिरामी राई बाँसले बारेको एक तले घरमा सुतिरहेका बेला सोमबार बेलुका एक्कासी आगलागी भएको थियो । आगलागीको कारण खुलेको छैन ।
दमक नगरपालिकाको दमकलको सहयोगमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी मिलेर आगो निभाएका थिए ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आगलागीबाट तीन लाख बराबरको सुनचाँदी, आठ लाख बराबरको खाद्यान्न र लत्ताकपडा जलेर नष्ट भएको छ ।