गायक बद्री केसी

करिब डेढ दशकदेखि बेलायतको राजधानी लण्डनमा बस्दै आएका गायक बद्री केसी मृत भेटिएका छन् ।

पोखरा स्थायी घर भएका ३२ वर्षीय केसी आफ्नो कार्यस्थलको हातामा रहेको रुखमा झुण्डिएको अवस्था भेटिएको बताइएको छ। शुक्रबार अपराह्न ४ बजे उनले आफ्नो फेसबुकमा आफ्ना साथी, परिवार र संसारलाई गुडबाई लेखेका थिए।

अध्ययनका क्रममा बेलायत आएका केसी केही वर्षअघि नेपाल नै बस्ने गरी फर्किएका थिए। तर उनी फेरी बेलायत फर्किएर लण्डनको मिलहिल स्कूलको क्याटरिङमा काम गर्दै आएका थिए।

उनले पाँच वर्ष अल्टरसटको नीरमाया दोहोरी साँझमा दोहोरी गायकका रूपमा काम गरेका थिए भने पछि लण्डन सरेर स्कूलमा काम गर्दै आएका थिए । आत्महत्याको कारण अझै खुल्न सकेको छैन भने घटनाबारे लण्डन प्रहरीले अनुसन्धान थालेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 184 Viewed

प्रतिक्रिया दिनुहोस्