नारायण कोइराला

३१औ महाधिबेशनमा छजना अध्यक्षका प्रत्याशीमध्ये तेश्रो बनेका नारायण कोइराला पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिबेशनबाट अध्यक्ष पदमा बिजयी बनेका छन्।

पोखरा उद्योग बाणिज्य संघको शनिवार सम्पन्न ३३ औं महाधिबेशन अन्तरगतको निर्वाचनमा अध्यक्ष पदका अर्का प्रतिष्पर्धी विन्दु कोईराला सुवेदीलाई पराजित गर्दै कोइराला संघको नयाँ अध्यक्ष बनेका हुन्। कोइरालाले एक हजार तीनसय ७५ र सुवेदीले नौसय ६५ मत प्राप्त गरेका थिए ।

नारायण अहिले संघमा वरिष्ठ उपाध्यक्ष र विन्दु उद्योगतर्फकी उपाध्यक्ष हुन् । नारायण दोस्रोपटक अध्यक्ष पदमा लडेका हुन् । ३१ औं महाधिवेशनमा ६ जनाबीच अध्यक्ष पदमा प्रतिस्पर्धा हुँदा उनी तेस्रो भएका थिए । त्यो महाधिवेशनमा विश्वशंकर पालिखे अध्यक्ष भएका थिए । त्यतिबेला नारायणले चारसय ११ मत पाएका थिए ।

नेतृत्वका लागि निवर्तमान वरिष्ठ उपाध्यक्ष कोइराला र निवर्तमान उद्योगतर्फकी उपाध्यक्ष सुवेदीको प्यानल वीच चुनावी प्रतिष्पर्धा थियो । अध्यक्ष सहित अधिकांश पदाधिकारी र सदस्यहरु कोइराला प्यानलबाट विजयी भएका छन् ।

पोखरा उद्योग बाणिज्य संघको नयाँ कार्यसमिति

निर्बिरोध पनि भए

संघको वरिष्ठ उपाध्यक्षमा वर्तमान वाणिज्यतर्फका उपाध्यक्ष पवन प्रजापति निर्विरोध निर्वाचित हुनु भए। ३३ औं महाधिवेशनबाट संघमा चार उम्मेदवार भने निर्विरोध भएका छन् । वरिष्ठ उपाध्यक्ष र ३ सदस्य निर्विरोध चुनिएका हुन् । पवनकुमार प्रजापति वरिष्ठ उपाध्यक्षमा निर्विरोध भएका हुन् । प्रजापति नारायण कोइरालाको प्यानलका उम्मेदवार हुन् । हर्कबहादुर अधिकारी र हरिहर सापकोटा कर्पोरेट सदस्यमा निर्विरोध भए । औद्योगिकतर्फको सदस्यमा हीरामणि पण्डित पनि सर्वसम्मत भएका हुन् ।

जसले प्यानलबिनै चुनाव जिते

चुनावमा नारायण र बिन्दुले आ–आफ्नै प्यानल घोषणा गरेका थिए । दुवै प्यानलमा नभएकाहरुले पनि चुनावमा राम्रो मतसहित विजयी भएका छन् । त्यसरी जित्नेमा उद्योगतर्फको उपाध्यक्ष गोकर्ण कार्की, कार्यसमिति सदस्यमा उत्तममान बुद्धाचार्य र सुदीप प्रधानांग छन् ।

स्वतन्त्र र निर्विरोधबाहेक चुनावमा नारायण कोइराला प्यानल हाबी देखियो । बिन्दु कोइराला प्यानलबाट कार्यसमिति सदस्यमा पवित्रादेवी गुरुङमात्रै विजयी भइन् । बाँकी पदमा सबै नारायण प्यानलका उम्मेदवार विजयी भएका छन् ।

उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा गोकर्ण कार्की एक हजार ३२७ मतका साथ विजयी हुनु भएको छ । स्वतन्त्र उम्मेदवार कार्की र कोइराला प्यानलबाट चिनुकमारी गुरुङ चुनावी मैदानमा थिए गुरुङले एक हजार १४ मत प्राप्त गरेकी थिइन् ।

त्यसैगरी वाणिज्य तर्फको उपाध्यक्षमा कोईराला प्यानलबाट वर्तमान महासचिव अर्जुन पोखरेल एक हजार दुईसय ४४ मतका साथ विजयी भए । सुवेदी प्यानलबाट प्रतिष्पर्धामा रहेका निवर्तमान कार्यकारिणी सदस्य सोवित पौडेलले एक हजार ९६ मत प्राप्त गर्नुु भएको छ ।

महासचिवमा कोइराला प्यानलबाट निवर्तमान कोषाध्यक्ष सुरेन्द्रमान बिजुक्छे एक हजार पाँचसय १४ मतका साथ विजयी बने । उनको निकटतम प्रतिद्वन्द्वी सुवेदी प्यानलका धनीराम बरालले आठसय २८ मत पाएका थिए।

कोषाध्यक्षमा कोइराला प्यानलबाट निवर्तमान सदस्य बलराम आचार्यले एक हजार दुईसय ६५ मतका साथ विजयी बने भने उनका प्रतिष्पर्धी सुवेदी प्यानलबाट वर्तमान सदस्य तारानाथ ढुंगानाले एक हजार १७ मत प्राप्त गरे ।

उपमहासचिव पदमा केशबबहादुर खत्री विजयी भए । नारायण कोइराला प्यानलबाट उपमहासचिव पदको उम्मेदवार बनेका खत्रीले सुवेदी प्यानलका धर्मराज बर्तौलालाई पराजित गरेका थिए। खत्रीले एक हजार तीनसय २३ र बर्ताैलाले एक हजार १३ मत प्राप्त गरेका थिए ।

शनिबार सम्पन्न निर्वाचनमा खुला सदस्य पदमा शोभा गौतम एक हजारसातसय, देवेन्द्र केसी एक हजार छसय ८५, कुमारी मुना बाँस्तोला एक हजार छसय २६, उत्तममान वुद्दाचार्य एक हजार पाँचसय ९७, सुदीप प्रधानांग एक हजार चारसय १४ मत सहित विजयी बने । त्यसैगरी हरिराज पन्त एक हजार तीनसय ८८, भरत केसी एक हजार ३ सय, दिनेशचन्द्र बाँस्तोला एक हजार दुईसय ८३, सुदनबहादुर कोइराला एक हजार दुइसय ७९ र पवित्रा गुरुङ एक हजार दुइसय ४१ मत ल्याइ विजयी बन्न सफल भए । खुला सदस्यमा विजयी गुरुङ बाहेक नौजना कोइराला प्यानलका प्रतिष्पर्धी हुन् ।

वस्तुगततर्फ संघको चार सदस्य पदमा बालकृष्ण कोइराला, राजेन्द्र गोङगजु, बलराम तिमिल्सिना र रुपनारायण भुजेल विजयी बनेका छन। गोङगजुले १८, कोइरालाले १६, तिमिल्सिना र भुजेल भने गोलाप्रथाबाट विजयी बनेका हुन् । वस्तुगत तर्फ २९ मत थियो भने ८ जनाले उम्मेदवारी दिनु भएको थियो ।

त्यस्तै एशोसियट सदस्यमा कोइराला प्यानलबाट उमेदवार भएका हरिहर सापकोटा र हर्कबहादुर अधिकारी (मिराज) निर्विरोध चयन हुनु भएको थियो । जम्मा २ हजार ९४० मध्ये निर्वाचनमा २ हजार ३ सय ६५ मत खसेको थियो । निर्वाचन समितिका संयोजक तिर्थ श्रेष्ठका अनुसार मतदानमा ७४.९८ प्रतिशत मत खसेको थियो ।

अन्तिम पटक अध्यावधिक गरिएको 142 Viewed

प्रतिक्रिया दिनुहोस्