नेपाली सेनाले हालै एउटा अचम्मको फैसला गरेको छ। सैनिक जवान कुट्ने अधिकृतलाई एक बर्ष बढुवा रोक्का गरेको छ भने मरणासन्न हुने गरी कुटाइ खाने सैनिक जवानलाई जागीरबाट बर्खास्त गरेर कैद गरिएको छ।

शान्ति स्थापनार्थ अफ्रिकी मुलुक कंगोमा खटिएको नेपाली सैनिक अधिकृतहरु (क्याप्टेन) सह–सेनानीत्रय इन्द्र थापा, सुवास हुमागाई र योगेन्द्र धितालले सैनिक जवान नवराज माझीलाई गएको असोज ८ गते मरणासन्न हुने गरी कुटपिट गरेका थिए । मरणासन्न हुने गरी कुटपिट भएपछी सैनिक जवान नवराज माझीको निलडाम भएको शरीरका घाउचोटसहितको तस्बीरहरु सामाजिक संजालाहरुमा भाइरल भएका थिए।

उक्त घटनापश्चात छानबिन गर्न गठित सैनिक अदालतले नेपाली सेनाको मिडिया तथा सामाजिक सञ्जाल प्रयोग नीति विपरीत कार्य गर्दै अन्यलाई पनि सैनिक आचरण बाहिरको कार्य गर्न उक्साएको ठहर गर्दै संलग्न जवान नवराज माझीलाई भविष्यमा सरकारी जागिर अयोग्य हुने गरी जागीरबाट बर्खास्ती गरी छ महिना कैद सजायको आदेश सुनाएको हो ।

शान्ति स्थापनार्थ अफ्रिकी मुलुक कंगोमा खटिएको नेपाली सैनिकमाथि भएको कुटपिट प्रकरणको सूचना चुहाउने अधिकारी बर्खास्तीमा परेका छन् ।

नेपाली सेनाको मिडिया तथा सामाजिक सञ्जाल प्रयोग नीति विपरीत कार्य गर्दै अन्यलाई पनि सैनिक आचरण बाहिरको कार्य गर्न उक्साएको ठहर गर्दै सैनिक अदालतले संलग्न जवानलाई बर्खास्तीको आदेश सुनाएको हो ।

मरणासन्न हुने गरी कुटाइ खाने सन्या जवान माझीको जागीर गएको त छ नै, उनी छ महिनाका लागि कैदमा परेका छन्। उनको निलडामसहितको फोटोमा लाइक,कमेन्ट र शेयर गर्ने अन्य जवानालाई नशियत दिइएको सेनक जनसम्पर्क मिर्देशनालयले जनाएको छ।

कुनै पनि पिडित सैन्य कर्मचारीले नेपाली सेनाको संस्थागत मुल्य र मान्यतालाई आघात पर्ने गरी श्रब्य दृश्य सामाग्री सामाजिक संजालमा हाल्न नहुने सैनिक आचारसंहितामा उल्लेख छ। सैनिक आचार संहिता अनुसार पिडित पक्षले गणपति वा सैनिक मुख्यालय वा शान्ति सेना निर्देशनालयमा उजुरी गर्नु पर्ने हुन्छ । सिधै प्रधानसेनापतिलाई उजुरी गर्न सकिने व्यवस्था पनि सैनिक आचारसंहितामा छ

हरेक सैनिक युनिटमा सिकायत उजुरी पेटिका पनि राखिएको छ, जसमा हरेक सैनिकले कार्यालयभित्र भएका गलत गतिविधिबारे लेखेर राख्न मिल्ने व्यवस्था छ । तालाबन्दी गरिएको सिकायत पेटिका खोल्ने अधिकार जंगीअड्डामा रहेको सिकाय जाँचबुझ निर्देशनालयका अधिकारी समक्ष मात्र हुन्छ ।

पिडित नवराज माझीलाई जागीर बर्खास्त गरी छ महिना कैद गर्ने फैसला गरेको सैनिक अदालतले माखीलाई निलडाम हुने गरी मरणासन्न पारेर कुटपिट गर्ने तीन जना क्याप्टेनहरु इन्द्र थापा, सुवास हुमागाई र योगेन्द्र धिताललाई भने एक वर्ष बढुवा रोक्का हुने फैसला सुनाएको छ । अदालतले अन्य पांच जवानले पनि मादक पदार्थ सेवन गरी माथिल्लो अधिकृतको आदेश अवज्ञा गरेको निष्कर्ष निकाल्दै नसियत पनि दिएको छ ।

अदालतले सामाजिक सञ्जालमा आएको विवरण शेयर गर्ने कंगोका केही जवानलाई पनि नसियत दिएको स्रोतको भनाइ छ । अदालतको आदेशलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले गएको पुष १४ गते सदर गरेका छन् ।

सैनिक ऐन, २०६३ मा जनरल सैनिक अदलत र समरी जनरल सैनिक अदालतबाट फैसला वा अन्तिम आदेशमाथि चित्त नबुझे पीडित पक्षले ३५ दिनभित्र पुनरावेदन दिने सक्ने व्यवस्था छ । सैनिक आचारसंहिताले संगठनलाई आक्षेप लाग्ने विषयमा लाइक, कमेन्ट गर्न पनि निषेध गरेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 1269 Viewed

प्रतिक्रिया दिनुहोस्