कोरोना संक्रमणबाट शनिबार पोखरामा एक जना महिलाको मृत्यु भएको छ भने थप १९ जना नयाँ संक्रमित थपिएका छन्।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार, कास्कीको पोखरा महानगरपालिका वडा नं १३ की ८३ वर्षीय वृद्धाको उपचारको क्रममा शनिबार बिहान ६ः२१ बजे निधन भएको हो । पुष १४ गते कोरोना संक्रमण पुष्टि भएपछी उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसियुमा राखेर उपचार गरिएको थियो। उनलाई कोभिड-१९, न्युमोनिया, मधुमेह लगायतका समस्या रहेको पनि निर्देशनालयबाट जारी विज्ञप्तिमा जनाइएको छ ।

शनिबारसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एकसय ९६ पुगेको छ ।

यसैबीच गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आजै छुट्टाछुट्टै दुई बिज्ञप्ति गरी थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा पोखरा महानगरपालिका वडा नम्बर ९, १० र १३ का एक-एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने लाइफ केयर एण्ड डाईग्नोस्टिक प्रालि न्युरोड पोखरामा गरिएको स्वाब परिक्षणमा १६ जनामा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

लाइफ केयर एण्ड डाईग्नोस्टिक प्रालि न्युरोड पोखरामा गरिएको स्वाब परिक्षणमा पोखरा महानगरपालिकाको वडा नम्बर १७ मा दुईजना पुरुष र दुई जना महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो भने वडा नम्बर १.३,४,५,७,९, १०, ११,१२ र १६ मा एक-एक जनामा कोरोना संक्रमित भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ।

अन्तिम पटक अध्यावधिक गरिएको 396 Viewed

प्रतिक्रिया दिनुहोस्