अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट ट्वीटरले सधैंका लागि बन्द गरिदिएको छ ।  ट्वीटरले हिंसालाई बढावा दिने आशंकालाई मध्यनजर गर्दै उनको अकाउन्ट बन्द गरिएको जनाएको छ ।

ट्वीटरले भनेको छ, ‘राष्ट्रपति ट्रम्पका हालैका ट्वीटहरुलाई गहनपूर्वक समीक्षा गरियो र @realDonaldTrump अकाउन्ट सधैंका लागि बन्द गर्ने निर्णय लिइयो ।’

यसअघि ट्रम्पका समर्थकहरुले संसद भवनमा आक्रमण गरेपछि ट्वीटरले ट्रम्पको अकाउन्टलाई १२ घण्टासम्मका लागि निलम्बन गरेको थियो । त्यतिबेलै ट्वीटरले यदि यस प्लाटफर्मको नियमलाई तोडेमा सधैंका लागि बन्देज लगाइने चेतावनी दिएको थियो ।

अन्तिम पटक अध्यावधिक गरिएको 39 Viewed

प्रतिक्रिया दिनुहोस्