कोभिड रोकथामसम्बन्धी उच्चस्तरीय निर्देशक समिति (सीसीएमसी )

काठमाडौं । कोरोना महामारीका कारण विगत नौमहिनादेखि बन्द भएका शैक्षिक संस्था र सिनेमा हल लगायतका मनोरञ्जनका क्षेत्रहरु अब सञ्चालन हुने भएका छन्।

कोभिड रोकथामसम्बन्धी उच्चस्तरीय निर्देशक समिति (सीसीएमसी ) को इतबार बसेको बैठकले शैक्षिक संस्था र सिनेमा हल लगायतका मनोरञ्जनका क्षेत्रहरु सञ्चालन गर्न दिने निर्णय गरेपछि शैक्षिक संस्था तथा सिनेमा हल लगायतका मनोरञ्जनका क्षेत्रहरु अब खुल्ने भएका हुन्। कोरोना महामारीका कारण २०७६ चैतदेखि शैक्षिक संस्था र मनोरञ्जनका क्षेत्रहरु बन्द भएका थिए।

हालका लागि विद्यालय र मनोरञ्जनका क्षेत्रहरु खोल्न दिने निर्णय भएता पनि कोरोनाको दोस्रो लहरको जोखिम देखिएमा जिल्ला तहबाटै बन्द गर्न सकिने सीसीसीएमसीको निर्णयमा उल्लेख छ । आवश्यक परे तत्कालै बन्द गर्न पाउने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई सबै क्षेत्रहरु खुल्ला गर्ने निर्णय गरिएको बताइएको छ।

आइतबार सीसीएमसीले गरेको निर्णय अब बस्ने मन्त्रिपरिषद बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने सीसीएमसीले जनाएको छ ।

नयाँ भाइरसबारे सतर्कता

नयाँ प्रकारको कोरोना भाइरस देखिएका संयुक्त अधिराज्य बेलायत लगायतका २०/२२ वटा देशबाट आउने यात्रुलाई १० दिनसम्म क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउने निर्णय गर्न मन्त्रिपरिषदमा प्रस्ताव लैजाने निर्णय पनि सीसीएमसी निर्देशक समितिले गरेको छ ।

यस्तै तेस्रो मुलुकबाट आउने व्यक्तिहरुलाई अनलाइन फारम भर्ने व्यवस्था मिलाइएको सीसीएमसीले जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 65 Viewed

प्रतिक्रिया दिनुहोस्