उखु किसानको बक्यौता रकम भुक्तानी नगर्ने लुम्बिनी चिनी मिलका संचालक मनोज अग्रवाललाई वीरगन्जबाट प्रहरीले पक्राउ गरेको छ।

अग्रवाललाई नेपाल प्रहरीको अपराध महाशखाको पत्राचारपछि प्रदेश प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । आजै आवश्यक कारवाहीका लागि काठमाडौं पठाउने प्रदेश प्रहरीले जनाएको छ ।

अग्रवालले उखु किसानको करिब १७ करोड रुपैयाँ भुक्तानी नगरेको बताइएको छ । पर्साकी प्रहरी प्रमुख एसपी गंगा पन्तले अग्रवाललाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको पुष्टि गरिन् ।

चिनी मिल सुशीला गोयलका नाममा दर्ता भए पनि सबै कारोबार अग्रवालमार्फत् हुने गरेको जनाइएको छ ।

अग्रवालले उखु किसानलाई १७ करोड रुपैयाँ तिर्न बाँकी रहेको छ । पक्राउ परिसकेपछि उखु किसानलाई दिनअग्रवालले करिब एक करोड रुपैयाँ जम्मा गरिसकेकाे बताएका छन् ।

सरकारले किसानको पैसा नदिने मिल सञ्चालकलाई पक्राउ गरेर कारबाही अगाडि बढाउन निर्देशन दिएको थियो ।

अन्तिम पटक अध्यावधिक गरिएको 91 Viewed

प्रतिक्रिया दिनुहोस्